Correspondent, ParbatNepal
6 years ago
1986
साजन परियार – पर्वत । संसारभरि छरिएर रहेका पर्वतेहरुले जिल्लाको विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले गठन गरेको अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशन तथा बृहत भेला पर्वतको हुवासमा हुने भएको छ । असोज २३ र २४ गते हुने अधिवेशन तथा बृहत भेलामा पर्वतका उच्च पदमा पुगेका व्याक्ति, साँसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दल, वडाका अध्यक्षहरु, पत्रकार तथा संघसंस्थाहरुका प्रतिनिधी लगायत विशिष्ट्र व्यक्तिहरुको उपस्थिती रहने छ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ भने पर्वत जिल्ला घर भई हाल विभिन्न पेशा तथा रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीहरु सँग पर्वतको विकासमा प्रवासीहरुको भूमिका विषयमा छलफल तथा अन्तरक्रिया गरिने अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले जानकारी दिनुभयो । अन्तराष्ट्रिय पर्वत समाजले फलेवास नगरपालिका सँगै जलजला र पैयु गाउँपालिकामा निर्माण गर्न लागेको प्रसुती गृहका विषयमा छलफल समेत गरिने महासचिव शर्माले बताउनु भयो ।
अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउन भेलाले विभिन्न उप संयोजक तोकिएको छ । अन्तराष्ट्रिय पर्वत समाज नेपालकी प्रतिनिधी मुना भुषालको अध्यक्षतामा बसेको भेलाले विभिन्न उप संयोजक तोकेको हो । भेलाले सबिन्द्र श्रेष्ठलाई मञ्च तथा बसोवास व्यवस्थापनको उप संयोजकमा चयन गरेको छ । त्यस्तै राजु भुर्तेललाई खाना तथा सरसफाइ व्यवस्थापनको उप संयोजक चयन गरिएको छ । दिपक न्यौपानेलाई बाजा झाँकी गेट व्यवस्थापन र प्रेम सापकोटालाई यातयात व्यवस्थापनको उप संयोजकमा चयन गरिएको छ । त्यस्तै भेलाले शान्ति सुरक्षा तथा पा्रथमिक स्वास्थ्य व्यवस्थापनमा पैयु गाउँपालिलाई जिम्मा दिएको पर्वत सेवा समाज यू।ए।ईका महासचिव तथा अन्तराष्ट्रिय पर्वत समाजका सदस्य कमल लामिछानेले जानकारी दिनुभयो ।
भेलालाई सम्बोधन गदै पैयु गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले पैयु गाउँपालिकामा राष्ट्रको उच्च तहमा पुगेका व्यक्ति सँगै संसारभरि छरिएर रहेका पर्वतेहरुलाई स्वागत गर्न आतुर रहेको बताउनु भयो । उहाँले प्रवासीहरुले पर्वत जिल्ला सँगै पैयु गाउँपालिकामा पु¥याएको योगदानको प्रशंसा गदै उक्त भेलाले पैयुको विकास थप टेवा पुग्ने बताउनु भयो ।
अन्तराष्ट्रिय पर्वत समाज नेपालकी प्रतिनिधी मुना भुषालले हुजासमा पर्वतेहरुको ऐतिहाँसिक भेला आयोजना गरिएको बताउँदै यो महान अभियानमा जुट्न सवैलाई आग्रह गर्नुभयो । साथै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सहभागिताको लागि सवैलाई आह्वान गर्नुभयो ।
टेलिफोनमा कुराकानी गदै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले हुवासमा हुने ऐतिहाँसिक कार्यक्रमले अन्तराष्ट्रिय पर्वत समाजलाई नयाँ दिशा पु¥याउने बताउनु भयो । समाजले पर्वत जिल्लाको विकास र समृद्धिमा काम गदै आएको जिकिर गदै आफुहरुको स्वार्थ जिल्लाको विकास सँग जोडिएको बताउनु भयो ।
