Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1556




हजारौको बिचमा कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गरे
हजारौको बिचमा कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गरे

पर्वत । गैरआवासीय नेपाली संघ -एनआरएनए_ को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् संघको वर्तमान उपाध्यक्षसमेत रहेका आचार्यले आगामी कार्यकाल २०१९२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणासभामार्फत् आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए

 विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिएपछि आचार्यले संघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन् आदरणीय अग्रजहरु, संसारभर रहनु भएका एनआरएनकर्मी मित्र तथा शुभचिन्तकसँग सरसल्लाह गरि एनआरएन अभियानलाई नयाँ गति दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, आचार्यले भने, ‘विगतमा झैं यो अभियानलाई सबै अग्रजहरु, मित्रहरु शुभचिन्तकहरुको साथ, सुझाव समर्थन पाउनेमा विश्वस्त छु घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत समावेशी बनाउने संकल्पसमेत गरेका छन् उनले आफ्नो उम्मेद्धारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्

आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीसँग रहेको श्रोत, सीप, क्षमता सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन ठोस कार्ययोजना सहित अघि बढने बताएका छन्

त्यसैगरी वैदेशिक रोजगारलाई मर्या्दित व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई बर्ष्भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीको समस्या बुझ्न समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सन्जाल बनाई उनीहरुसंग रहेको सीप, श्रोत ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिवद्धता गरे।

उनले एनआरएनएलाई सबै सदस्यहरुको सहकार्यका आधारमा एउटा सशक्त गतिशील संस्था बनाउन आफूले उम्मेदवारी दिने बताए।उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रकृयामा रहेको विधेयकलाई संविधान एनआरएनएको भावना अनुरुप निकर्षमा पु९याउन निर्णायक पहल गर्ने बताए ।उनले नागरिकता प्राप्तिको प्रक्रियालाई सरल छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउनसमेत पहल गर्ने बताएका छन् ।

नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु, आचार्यले भने, ‘समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन , हाल बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसँग मैले पहल गर्नेछु।

 

नयाँ समिति निर्वा्चित भएको एक महिनाभित्र गत मार्चमा काठमाडौंमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए नेपाल सरकारवीच दश अर्ब रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए।

परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन संघका तर्फबाट भूमिका निर्वाह गर्ने गत बर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसलाई कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गर्नेसमेत उनले कार्ययोजना सार्वजनिक गरेका छन्। संघअन्तर्गत गत बर्ष स्थापना भएको नेपाल पोलिसी इन्सिच्युटलाई स्रोतसाधन सम्पन्न बनाई सरकारले प्राथमिकता तोकेका क्षेत्रमा सहकार्य गरि थप प्रभावकारी बनाउने एनआरएनए एकेडेमी स्थापना गर्न पहल गर्ने समेत आचार्यले बताए।

संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारितभिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यले व्यक्त गरेका छन्।

उम्मेदवारी घोषण कार्यक्रममा आईसिसि सदस्य सुभाष जोशी, एनआरएनए नेदरल्याण्डका निर्वतमान अध्यक्ष एवम् आईसिसि सदस्यमनोहरि शर्मा, सुडेनका आईसिसि सदस्य अर्जुन श्रेष्ठ,अन्तराष्ट्रिय पर्वत समाजका प्रुमख संरक्षक हितकाजी गुरुङ, अध्यक्ष पुरन गिरी,  सल्लाहकार याम गुरुङ, गंगा भुषाल, नारायण कोने गुरुङ, पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी, पर्वत वयलफेयर सोसाईटी युकेका अध्यक्ष नेत्र आले लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)