Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1573




कुर्घा पोखरा सम्पर्क समाजद्धारा केदारेश्वर मन्दिर वैदाम पोखरामा बृहत सरसफाई
कुर्घा पोखरा सम्पर्क समाजद्धारा केदारेश्वर मन्दिर वैदाम पोखरामा बृहत सरसफाई


पर्वत–नेपालीहरुको महानचाड विजयादशमीको पावन अवसरमा केदारेश्वर मन्दिर वैदाम पोखरामा बृहत सरसफाई गरिएको छ ।कुर्घा पोखरा सम्पर्क समाजले वडादशैको अवसर पारेर मन्दिर परिसरमा सरसफाई गरेको हो । सरसफाई कार्यक्रम असोज ११ गते गरिएको हो ।

चाडपर्वको समयमा भक्तजनहरुको घुईचो लाग्ने भएकाले मन्दिर परिसरमा सरसफाई गरिएको कुर्घा पोखरा सम्पर्क समाजका सचिव सुर्यराज पौडेलले जानकारी दिनुभयो । 

मन्दिरमा बत्ती बाल्ने पालाहरु, घण्टी, सत्तल लगायतको सफाई गरेर चिटिक्क पारिएको छ । समाजमा आवद्ध पदाधिकारी, सदस्यहरु र सर्वसाधारणहरु कार्यक्रममा सहभागी भएका थिए । 

मन्दिर जस्तो पवित्र स्थललाई सँधै सफा र सुन्दर राख्नुपर्छ भन्ने हेतुले सरसफाई गरिएको उहाँको भनाई छ . साथै उक्त  कार्यक्रम मा आउदै गरेको बिजया दशमी तथा शुभ दिपावली को अबसरमा शुभकामना आदानप्रदान प्रदान पनि गरिएको थियो । कुर्घा पोखरा सम्पर्क समाज सामाजिक संस्था हो ।

संस्थाले सरसफाई कार्यक्रम गरेर सामाजिक अभियानको सार्थक प्रयास गरेको समाजका सचिव पौडेलले बताउनुभयो । कुर्घामा जन्मिएर पोखरालाई कर्मभूमि बनाएका व्यक्तिहरु यस संस्थामा आवद्ध छन् । कुर्घा पर्बत बाट पोखरा आइ  स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आउनुभएका  कुर्घेलीहरुको दुख सुख साटासाट गर्ने तथा विभिन्न सामाजिक उदेश्यले २०७४  सालमा यस कुर्घा पोखरा सम्पर्क समाज गठन भएको थियो । 

यस संस्थाले पोखरामा मात्र नभई कुर्घामा पनि विभिन्न रचनात्मक काम गदै आएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)