Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1805




अन्तराष्ट्रिय पर्वत समाजद्धारा असोज २३ गते हुवासमा सवैलाई चुलो निम्तो
अन्तराष्ट्रिय पर्वत समाजद्धारा असोज २३  गते  हुवासमा सवैलाई चुलो निम्तो

साजन परियारपर्वत समुन्नत पर्वत निर्माणको पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो महाअधिवेशन सम्बृद्ध पर्वत निर्माणमा हाम्रो अभियान भन्ने मुल नारा सहित पर्वत जिल्लाको सदुर दक्षिणमा अवस्थित पैयु गाउँपालिका हुवासमा आयोजना हुने भएको जनसेवा संस्कृत माविमा असोज २३ २४ गते आयोजना गरिएको महाअधिवेशनलाई सभ्य भव्य रुपमा सम्पन्न गरिने अन्तराष्ट्रिय पर्वत समाजले जनाएको

महाअधिवेशन तथा बृहत भेलामा पर्वतका उच्च पदमा पुगेका व्याक्ति, साँसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दल, वडाका अध्यक्षहरु, समाजसेवी, राजनितिकज्ञ, पत्रकार तथा विभिन्न संघसंस्थाहरुका प्रतिनिधी लगायत विशिष्ट्र व्यक्तिहरुको उपस्थिती रहने कार्यक्रममा पर्वत जिल्ला घर भई हाल विभिन्न पेशा तथा रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीहरु सँग पर्वतको विकासमा प्रवासीहरुको भूमिका विषयमा छलफल तथा अन्तरक्रिया गरिने अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले जानकारी दिए

अन्तराष्ट्रिय पर्वत समाजले फलेवास नगरपालिका सँगै जलजला पैयु गाउँपालिकामा निर्माण गर्न लागेको प्रसुती गृहका विषयमा छलफल समेत गरिने महासचिव शर्माले बताउनु भयो महाअधिवेशनलाई सभ्य भव्य रुपमा सम्पन्न गराउन विभिन्न उप संयोजक तोकिएको उक्त कार्यक्रममा उपस्थितीका लागि सम्पूर्ण व्यक्तिहरुलाई पत्र पठाईसकिएको

अहिले पत्र वितरण कार्यलाई तिव्रता दिएको अन्तरािष्ट्रय पर्वत समाजका नेपाल प्रतिनिधी मुना भुषालले बताईन साथै अन्तराष्ट्रिय पर्वत समाजले पत्र तथा विभिन्न सूचना मार्फत सवै पर्वतेवासीहरुलाई चुलो निम्ता गरेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)