Correspondent, ParbatNepal
6 years ago
1900
पर्वत– सर्वाधिक रुचाईएको ‘सांगितीक
रियालिटी
सो’ नेपाल आइडल सिजन–२ मा विजेता बनेका रवि वड पर्वत आउने भएका छन् । विजयदशमीको अवसरमा तिलाहार युवा क्लवद्धारा आयोजित चौथो दशैमेलामा रवि पर्वत आउने भएका हुन् ।नेपाल आइडल सिजन–२ मा बिजेता बनेका रवि पर्वत जिल्लामा पहिलो पटक आउँदै छन् । रवि वड आउने भनेपछि दर्शकहरुको निकै भिड लाग्ने अनुमान गरिएको छ । उनको सुरक्षा व्यवस्था कडा पारिएको आयोजकले जनाएको छ ।
असोज १६ गते नवजागृत मा.विको प्राङगणमा आयोजित साँस्कृतिक मेलामा नेपाल आइडल सिजन–२ मा विजेता रवि वड सँगै चर्चित लोक गायक राजेश वर्देवा र अर्की चर्चित गायिका निकिता गुरुङको साँस्कृतिक प्रस्तुती रहने क्लवले जनाएको छ ।
सामजिक कार्यमा सक्रिय पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा गठन भएको तिलाहार युवा क्लवले असोज १३ गतेदेखी १८ गतेसम्म बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको क्लवका सदस्य अमृत लामिछानेले जानकारी दिए ।
कला संस्कृतिको पवद्र्धन गर्ने तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लामिछानेले बताए । सो अवसरमा वडास्तरिय खुल्ला भलिवल प्रतियोगिता ,स्कुलस्तरिय
नृत्य
प्रतियोगिता,
घैटो
फुटाउने
प्रतियोगिता
र
लठ्ठो
तान्ने
प्रतियोगिता
आयोजना
गरिएको
छ
।
