Correspondent, ParbatNepal
6 years ago
1536
साजन परियार–कुश्मा । पर्वतको सदरमुकाम कुश्मा बजारमा संचालित राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजी आवासिय माध्यमिक विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नजिकिदै गरेका नेपालीहरुका महान पर्व बिजयादशमी, शुभदिपावली
तथा
छठको
अवसरमा
शुभकामना
आदानप्रदान
कार्यक्रम
सम्पन्न
भएको
हो
।
सो अवसरमा विद्यालयका लगानिकर्ताहरू, शिक्षक,
विद्यार्थी
र
अभिभावकहरुको
बीचमा
एक
आपसमा
शुभकामना
आदान
प्रदान
गरिएको
थियो
।
कार्यक्रममा
कुश्मा
नगरपालिकाका
नगर
प्रमुख
रामचन्द्र
जोशीले
निजि
बिद्यालयले
श्रोत
र
साधनको
अभावमा
पनि
गुणस्तरिय
शिक्षा
दिएर
सरकारलाई
टेवा
पु¥याएको
बताउनुभयो
।
उहाँले
पर्वत
जिल्लाको
सबैभन्दा
पुरानो
निजि
बिद्यालयले
फड्को
मार्दै
गरेकोमा
थप
सफलताको
शुभकामना
दिँदै
अबको
शिक्षा
गुणस्तरीय
र
व्यवहारिक
हुनुपर्नेमा
जोड
दिनुभयो
।
विद्यालय सन्चालक समितिका अध्यक्ष रूद्रप्रसाद शर्माको अद्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले स्वागत तथा शुभकामना प्रदान गर्दै बिद्यालयका हालसम्म भए गरेका गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो । जिल्लाको सबैभन्दा राम्रो पढाई हुने निजि बिद्यालय मध्ये पहिलो भएको बताउँदै ढकालले हामी बाहिरी बढाईचढाई प्रचार प्रसार भन्दा आन्तरिक पठनपाठन र शिक्षक कर्मचारी बीच भाईचाराको सम्बन्ध प्रगाढ बनाउदै गुणस्तरिय क्षिक्षा दिने गरेको बतानुभयो ।
हाम्रा बिद्यार्थी बाहिर गएर कुनैपनि प्रतिस्पर्धा तथा
१०
कक्षा
भन्दा
माथि
अन्यत्र
गएर
पनि
सबै
बिद्यालयलाई
उछिन्दै
उत्कृस्ट
नतिजा
ल्याएर
बिद्यालय
र
परिवारको
नाम
राख्न
सफल
भएको
उहाँले
बताउनुभयो
।
उक्त
कार्यक्रमको
सञ्चालन
बिद्यालयका
लेखा
प्रमुख
अच्युत
तिवारीले
गर्नुभएको
थियो
।
कार्यक्रम
बिद्यालय
प्राङगणमा
सञ्चालन
भई
जलपानसँंगै
कार्यक्रमको
समापन
गरिएको
थियो
।
