Correspondent, ParbatNepal
6 years ago
2128
असोज
१८, पर्वत ।
‘समुन्नत पर्वत’ निर्माणको पवित्र
उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय
पर्वत समाजको दोस्रो
अधिवेशनको सम्पूर्ण तयारी पुरा
भएको छ ।
‘समृद्ध पर्वत निर्माणमा हाम्रो
अभियान’ भन्ने मुल नाराका
साथ अगडी बढेको
समाजले असोज २३
गते अक्टोबर १०
तारिखका दिन पर्वतको
पैयु गाउँपालिका–४
हुवासमा दोस्रो अधिवेशन गर्न
लागेको हो ।
अधिवेशनको लागि सम्पूर्ण
तयारी पुरा भएको
छ । अधिवेशनमा
राष्ट्रिय सभाका अध्यक्ष गणेश
तिमिल्सीनाको प्रमुख आतिथ्यतामा हुने
कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख
संरक्षक हितकाजी गुरुङ, अन्तराष्ट्रिय
पर्वत समाजका संरक्षक
कुल आचार्य, सुभाष
जोशी, संरक्षक गोविन्द
सुवेदी, मोहन शर्मा
लगायत एनआरएनएका अभियान्तहरु,
साँसद, पूर्व साँसद, मन्त्री,
स्थानीय तहका जनप्रतिनिधी,
पार्टीका प्रतिनिधी, जिल्लामा क्रियाशील
संघसंस्था, बुद्दिजिबि, समाजसेवी, पत्रकार
र कलाकारहरुको उपस्थिती
हुने अन्तराष्ट्रिय पर्वत
समाजका महासचिव गुणराज शर्माले
जानकारी दिए ।
महासचिव शर्माले अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउन हुवासवासी लगायत सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेका छन् । अधिवेशनलाई सफल बनाउन अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल प्रतिनिधी मुना भुषालको संयोजकत्वमा विभिन्न उप संयोजक तोकेको छ । साथै विभिन्न उप संयोजक समेत तोकिएको छ । समितिले मञ्च तथा बसोवास व्यवस्थापनमा सबिन्द्र श्रेष्ठ, खाना तथा सरसफाइ व्यवस्थापनको उप संयोजकमा राजु भुर्तेल, बाजा झाँकी गेट व्यवस्थापनमा दिपक न्यौपानेलाई जिम्मा दिईएको छ । त्यस्तै भेलाले शान्ति सुरक्षा तथा प्राथमिक स्वास्थ्य व्यवस्थापनमा पैयु गाउँपालिलाई जिम्मा दिएको समाजले जनाएको छ ।
अधिवेशनलाई सफल बनाउन पर्वत जिल्लाका साँसद, स्थानीय तहका जनप्रतिनिधी, पार्टीका प्रतिनिधी, जिल्लामा क्रियाशील संघसंस्था, बुद्दिजिबि, समाजसेवी, पत्रकार र कलाकारहरुलाई पत्र पठाईसकेको छ । त्यस्तै कुश्मा देखी हुवाससम्मका विभिन्न मुख्य चोक र सडकमा पोष्टर टास्ने काम सम्पन्न भएको छ । त्यस्तै अधिवेशनलाई लक्षित गदै अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारीहरु कुश्मामा जम्मा हुने क्रम बढ्दो छ ।
