Correspondent, ParbatNepal
6 years ago
1570
कात्तिक
६, पर्वत । पर्वतको कुश्मामा जेसिज पर्वतको आयोजनामा अन्तर मावि स्तरिय सेभेन ए साईड
फुटवल प्रतियोगिता शुरु भएको छ । बुधवार भएको उद्घाटन खेलमा ४ वटा खेल सम्पन्न भएका
छन् । आज शुरुवाती खेलमा नमूना आवासीय मावि र होराईजन आवासीय मावि वारीबेनीको बिचमा
भएको खेलमा होराईजनले नमूनालाई ३ गोलले पराजित गरेको छ ।
होराईजनले
४ गोल गर्दा नमूनाले १ गोल मात्रै गरेको थियो । यस्तै राष्ट्रिय बाल शिक्षा सदन र शहिद
स्मारक अंग्रेजी आवासीय मावि बिच भएका खेलमा शहिदका खेलाडीले राष्ट्रिय बाललाई २ गोलले
पराजित गरेका छन् । राष्ट्रिय बालले एउटा पनि गोल गर्न सकेन । त्यस्तै जनकल्याण मावि
नाग्लीवाङ र शिवालय माविको खेलमा । नाग्लीवाङले २ गोल गरेर शिवालयलाई पराजित गरेको
छ । शिवालयले एक गोल पनि गर्न सकेन । अर्को खेलमा आईवल एकेडेमी र पर्वत गुरुकुल एकेडेमी
खेलेकोमा पर्वत गुरुकुलले एक गोलले आईवललाई पराजित गरेको छ । आईवलले एक गोल पनि हान्न
सकेन । बिहिवार शहिद स्मारक एकेडेमी र कालीगण्डकी
एकेडेमी, पर्वत गुरुकुल र देउपुर नमूना आवासीय मावि र होराईजन र आदर्श अंग्रेजी आवासीय
मावि बिच प्रतिस्पर्धा गर्ने जनाईएको छ । खेलमा ११ विद्यालयले सहभागिता जनाएका छन्
।
संघिय साँसद
लालकाजी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै खेल क्षेत्रको विकास गर्न विद्यालय स्तरबाटै
अभ्यास शुरु गर्नुपर्ने बताउनुभएको थियो । जेसिजले यूवाहरुमा नेतृत्वको विकास संगै
खेलकूदमा पनि रुची बढाउने अभियान चलाएको भन्दै प्रसंसा गर्नुभयो ।
कार्यक्रममा
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्वतका खेलाडीलाई राष्ट्रिय स्तर सम्म
चिनाउन आग्रह गर्नुभयो । कार्यक्रममा जेसिज अध्यक्षिय क्लवका अध्यक्ष शिवप्रसाद सुबेदी,
जेसिज पर्वतका पूर्व अध्यक्ष बसन्तकुमार कर्माचार्य, प्याव्सन पर्वतका अध्यक्ष बलराम
शर्मा लगायतले बोल्नुभयो ।
कार्यक्रम जेसिज पर्वतका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा उद्घाटन गरियो भने कार्यक्रमको स्वागत कार्यक्रम संयोजक सुरेन्द्र पौडेलले गर्नुभयो भने सञ्चालन महासचिव रामु शर्माले गर्नुभएको थियो । उक्त अवसरमा जेसिजका उपाध्यक्ष हेमन्बाबु आचार्यको जन्मदिन परेकाले क्लवले उहाँलाई जन्मदिनको शुभकामना आदानप्रदान समेत गरेको थियो ।
