Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2191




चर्चित लोकदोहरी गायक बिमलराज क्षेत्री युरोपमा
चर्चित लोकदोहरी गायक बिमलराज क्षेत्री युरोपमा

पर्वत चर्चित लोकदोहरी गायक बिमलराज क्षेत्री साँगितिक यात्राका क्रममा बेल्जियम पुगेका छन् पर्वत समाज बेल्जियमको निमन्त्रणमा उनी बेल्जियम पुगेका हुन् उनलाई बेल्जियम समाजका अध्यक्ष झलक केसी लगायत सिता सापकोटा सुवास गुरुङको टोलीले एरपोर्टमा पुगेर स्वागत गरेको

दुई हप्ता यूरोप बसाईमा क्षेत्रीले पोर्तुगल, फ्रान्स, नेदरल्याण्ड, लक्जेम्वर बेल्जियम लगायत आधा दर्जन देशमा साँगितिक प्रस्तुती प्रस्तुत गर्ने छन् क्षेत्रीले आगमी आईतवार पोर्चुगलको लिस्वन शहरमा च्यारिटी सो कार्यक्रममा भाग लिने साथै सोमवार नेदरल्याण्डमा कार्यक्रम तय गरिएको पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नर रोकाले जानकारी दिनुभयो

 क्षेत्रीले फ्रान्स, लक्जेम्वर लगायतका शहरमा समेत पुगेर साँस्कृतिक कार्यक्रम गर्ने तय भएको आयोजकले जनाएको त्यस्तै दोस्रो साता बेल्जियममा साँस्कृतिक कार्यक्रम गरेर क्षेत्री स्वदेश फर्किने आयोजकको भनाई

पर्वतको फलेवास नगरपालिका१० कुर्घामा जन्मिएरका क्षेत्रीका सयको संख्यामा गीत रेकर्डेड छन् उनका बल्लै भो भेट, सुपरी चाम्रो, मधु बनैमा,जापान टोकी, बुट्टै रुमाल जस्ता थुप्रै गित लोकप्रिय छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)