Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2576




फलेवासमा आयोजित मेलाको तयारी तिब्र
फलेवासमा आयोजित मेलाको तयारी तिब्र

पर्वत पर्वतको फलेवास नगरपालिका देविस्थानमा फलेवास नगरमै पहिलो पटक आयोजना गरिएको बृहत मेलाको तयारी तिव्र पारिएको सामजिक क्षेत्रमा क्रियाशिल यूनाईटेड स्पोर्टसले मंसिर १९ देखी २९ गतेसम्मबृहद फलेवास व्यापारिक, कृषि खेलकुद तथा साँस्कृतिक मेला २०७६ को आयोजना मेलाको तयारी तिव्र पारिएको आयोजकले जनाएको

 ‘कला, संस्कृति, खेलकुदको संरक्षणमा सबैको साथ : हाम्रो अभियान समृद्ध फलेवास भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको क्लवले पर्वतको डिकुवादेखी मालढुङगा हुँदै, कुश्मा फलेवास नगरपालिकाका सबै वडामा पोष्टर टाँसेको ।त्यस्तै महाशिला, पैयु, बिहादी गाउँपालिकाका मुख्य चोक बजार क्षेत्रमा पोस्टर टाँस्ने काम सम्पन्न गरिएको क्लवका सचिव अनुप श्रेष्ठले जानकारी दिनुभयो   फलेवास नगरपालिकामा पहिलो पटक आयोजना गर्न लागेको सो मेलालाई अन्य मेला भन्दा पृथक बनाउन लागिएको सचिव श्रेष्ठको भनाई

स्थानीय कला बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिने तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन संस्कृतिलाई मेलामा देखाउन लागिएको क्लवका अध्यक्ष अच्चुतकृष्ण श्रेष्ठले जानकारी दिनुभयो

मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने अध्यक्ष श्रेष्ठले बताउनु भयो   देवीस्थानको माझीचौरमा आयोजना गर्न लागिएको मेलामा भण्डै १५० ओटा स्टल रहने छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)