Correspondent, ParbatNepal
6 years ago
1669
मंसिर ६, कुश्मा । पर्वतमा दोस्रो पटक प्रदेश नम्बर ४ स्तरिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिने भएको छ । पर्वत ब्याडमिण्टन संघ पर्वतले मंसिर २६, २७ र २८ गते प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको हो ।
सदरमुकाम कुश्मा बजार स्थित ब्याडमिण्टन संघको हलमा आयोजना गर्ने लागिएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाको सहभागिता रहने संघका अध्यक्ष प्रेम गुरुङ माईलाले जानकारी दिनुभयो । संघले गत बर्ष पनि गण्डकी प्रदेश स्तरिय ब्याडमिण्टल प्रतियोगिता आयोजना गरेको थियो । पर्वतमा पछिल्लो समय व्याडमिण्टन प्रतिको आकर्षण बढिरहेको बेला त्यसलाई थप उर्जा दिन प्रतियोगिता आयोजना गरेको व्याडमिण्टन संघ पर्वतका अध्यक्ष गुरुङले बताउनुभयो ।
साथै संघले गण्डकी प्रदेश स्तरिय सहित डबल र सिंगल भेट्नाश ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जनाएको छ । यो प्रतियोगितामा मुलकभरका ४५ बर्ष उमेर समूहका खेलाडीहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा पहिलो हुने विजेताले नगद ४० हजार सहित सिल्ड र प्रमाणपत्र
प्राप्त गर्ने छन् ।
त्यस्तै दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार शिल्ड र मेडल प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगिताले खेल क्षेत्रको विकास सँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको दाबी छ ।
