Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1388




किन ढिला भयो पर्वतमा भूकम्पपछिको पुनर्निर्माण ?
किन ढिला भयो  पर्वतमा भूकम्पपछिको पुनर्निर्माण ?

मंसिर ७, पर्वत । पर्वतमा भूकम्पपछिको आवास पुनर्निर्माण सुस्त देखिएको छ । भूकम्प गएको साढे ४ वर्षमा जिल्लाका १ हजार ७६३ घरपरिवारले मात्र आवास निर्माण सम्पन्न गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पूर्वाधार विकास तथा अनुदान व्यवस्थापन कार्यालय, पर्वतका अनुसार जिल्लामा ५ हजार २६९ लाभग्राही छन् ।

जिल्लामा आवास पुनर्निर्माणका लागि पहिलो किस्ता ४ हजार ९१९ लाभाग्राहीले लिएका छन् । यस्तै दोस्रो किस्ता लिनेको संख्या ३ हजार ४४ छ । पहिलो र दोस्रो किस्ता लिनेको संख्या उल्लेख्य रहे पनि घर निर्माणमा भने अपेक्षित प्रगति देखिएको छैन । घर निर्माण गरेपछि मात्रै तेस्रो किस्ता उपलब्ध गराउने कार्यविधि छ ।

जिल्लाको कुश्मा नगरपालिकामा सबैभन्दा बढी ४३१ र जलजला गाउँपालिकामा सबैभन्दा कम ७० लाभग्राहीले आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । यसैगरी विहादी गाउँपालिकामा ३००, फलेवास नगरपालिकामा ३८४, मोदी गाउँपालिकामा २३६, महाशिला गाउँपालिकामा १३५ र पैयुँ गाउँपालिकामा २०७ लाभग्राहीले घर निर्माण सकेका छन् ।

भूकम्पले फलेवासमा सबैभन्दा बढी १ हजार ४५४ जनाको घर भत्किएको प्राधिकरणको तथ्यांक छ । यस्तै कुश्मामा ९४४, विहादीमा १ हजार १३७, जलजलामा १८७, मोदीमा ५०३, महाशिलामा ३८६ र पैयुँमा ६५८ जना लाभग्राही सूचीकृत भएको देखिन्छ । जिल्लामा ४१७ घर प्रबलीकरण गर्नुपर्ने सूचीमा रहे पनि हालसम्म १५० ओटाको मात्र प्रबलीकरण गरिएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)