Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1374




डेढ करोडको लागतमा वहाकी वहुमुखी क्याम्पस भवन निर्माण
डेढ करोडको लागतमा वहाकी वहुमुखी क्याम्पस भवन निर्माण

मंसिर , पर्वत वहाकी वहुमुखी क्याम्पस विहादी पर्वतको नवनर्मित भवनको उद्घाटन गरिएको झण्डै डेढ करोडको लागतमा क्याम्पसमा हालै निर्माण सम्पन्न भएको कोठे भवनको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शनिवार उद्घाटन गर्नुभयो

भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले शिक्षा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको भन्दै आर्थिक रुपमा सवल भएमा संविधानमा उल्लेखित सबै अधिकार प्राप्त गर्न सहज हुने भएकाले देशलाई आर्थिक रुपमा सवल बनाउनुपर्ने बताउनुभयो अध्यक्ष तिमिल्सीनाले देशलाई समृद्ध बनाउन कर संकलन बढाउनुपर्ने, भष्ट्रचार अनियमितता रोक्नुपर्ने, चुहावट नियन्त्रण गर्नुपर्ने हरेक कारोवार पारदर्शी हुनुपर्ने बताउनुभयो । क्याम्पसको भवन उद्घाटन तथा नवौँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै शिक्षा व्यवसायिक व्यवहारिक हुनुपर्छ भन्नुभयो शिक्षा उत्पादनमुलक व्यवसायिक नवनेसम्म देशले विकास गर्न नसक्ने पनि उहाँले बताउनुभयो

 कार्यक्रममा संविधानसभाका सदस्य गुणाखर बस्याल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्दप्रसाद तिवारी, नेकपाका केन्द्रिय सदस्य गुप्तवहादुर हमाल, नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपाका नेता गोबिन्द पहाडी लगायतले बोल्नुभएको थियो

कार्यक्रम वहाकी वहुमुखी क्याम्पसका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो क्याम्पसको वर्तमान अवस्था भावी कार्यक्रमको बारेमा क्याम्पस प्रमुख एकनारायण भट्टराइले प्रकाश पार्नुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)