Correspondent, ParbatNepal
6 years ago
2536
मंसिर
१० पर्वत । कालीगण्डकी नदीमाथी निर्माणाधिन
कुश्मा बलेवा बञ्जिजम्प अंग्रेजी नयाँ वर्ष सन् २०२० संगै सञ्चालन गरिने भएको छ । नेपाल
सरकारले मनाउने तयारी गरेको पर्यटन वर्ष र प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण
वर्षलाई मध्यनजर गर्दै विश्वकै नमूना यो बञ्जिजम्प नयाँ वर्षको उपहारको रुपमा सञ्चालन
गर्ने लगानीकर्ताहरुको तयारी छ । पर्वतको कुश्मा बाट बागलुङको बलेवा जोड्ने गरि नदीमाथी
बञ्जिजम्प बनाईँदै छ । करिव २० करोड लगानीमा बनाईएको साहसिक पर्यटनको यो बञ्जि पर्यटनको
मुख्य गन्तव्य बन्ने विश्वास गरिएको छ ।
कालीगण्डकीको
खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको
पुलबाट साढे दुई सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेगरि प्राविधिकहरु
निर्माणमा व्यस्त छन् । पर्वत जिल्लाका ११ जना यूवाको लगानीमा यो सबै काम भैरहेको छ
। कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न
मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् ।
लगानीकर्ताहरुले करिव १५ करोड अनुमानमा शुरु गरिए पनि डिजाइन र प्राविधिक कारणले करिव पा“च करोड बढेको जनाएका छन् । द क्लिफ प्रा.लि. मार्फत गरिएको लगानीमा कम्पनीकै नामबाट बन्जी, रिसोर्ट, स्काई साइक्लिङ र स्वीङ सञ्चालन गर्ने तयारी रहेको लगानीकर्ता यूवा राजु कार्किले जानकारी दिनुभयो ।
०७३
बैसाखमा शुरु बन्जी सहित रिसोर्टका संरचनाको निर्माणकार्य करिव ९५ प्रतिशत सकिएको छ
। बन्जीसंगै स्काई साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको
एकैसाथ सञ्चालन तयारी छ ।
यहाँ
आउने पर्यटकलाई बास बस्नका लागि रिसोट बनाईदै छ । त्यसका लागि बलेवामा २५ रोपनी जग्गामा
संरचना निर्माण भइरहेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा बाट ५७ किलोमिटर उत्तरमा
पर्ने कुश्मा मुक्तिनाथको प्रवेशद्धार पनि हो ।
त्यसले पनि यहा“को वन्जी
बिदेशीको रोजाइमा पर्ने सञ्चालक यूवराज जोशीले बताउनुभयो ।
उत्तर–दक्षिण छिमेकि मुलुक जोड्न
निर्माणाधिन कालीगण्डकी करिडोर र मध्य पहाडी राजमार्ग पुर्ण रुपमा सञ्चालनमा आएपछि
भारतिय र चिनिया पर्यटक बढी आउने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले
बताउनुभयो ।
