Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1515




पर्वतका किसान गोरु पाल्न छाडेर प्रविधि पछ्याउँदै
पर्वतका किसान  गोरु पाल्न छाडेर प्रविधि पछ्याउँदै

मंसिर १२, पर्वत पर्वतमा कृषिमा यान्त्रिकरण बढ्दो खेत जोत्न हाते ट्याक्टर, धान काट्न थ्रेसर मेशिन लगायतको प्रयोग प्रति किसानको आकर्षण बढ्दै गएको गाउँमा गोरुले गर्ने काम यन्त्र उपकरणले गर्न थालेपछि किसानले बिस्तारै गोरु पाल्न छोड्दै गएका छन्

जलजला फर्सेका राजन सापकोटाले हल गोरु पाल्न छोडेको वर्ष भयो खेत जोत्न हाते ट्याक्टर भित्राएपछि उहाँले २०६९ मा गोरु बिक्रि गर्नुभयो बेमौषमी तरकारीमा चर्चित फर्सेमा उनिसहित ५० बढी परिवारले तरकारीको व्यवसायिक खेती गर्छन् कसैकोमा पनि गोरु भने छैनन हिउँदका बेलामा फांटैभरि तरकारीले हरियै देखिने फर्सेका किसानले वर्षातमा भने धान रोप्छन

खेत जोतखन गर्न हाते ट्याक्टर, धान चुट्न थ्रेसरको प्रयोग सहज भए पनि किसानले कुनै बेला गोरु नपालेकोमा पछुताउनु परेको पराल भित्र्याउने बेलामा गोरु अभावले दाइँ हुँदैन फाँटको फराकिलो गरामा खलो बनाएर मियो वरिपरि पराल छिरलेपछि गोरु घुमाएर गरिने दाइँ हेर्दा जति आकर्षक लाग्छ त्यसरी थन्क्याएको पराल पनि गाईबस्तुका लागि उत्तिकै लाभदायक मानिन्छ दाइँ गरेको पराल गाइबस्तुले सजिलै खान्छन् टौवा वा कटेरामा थन्क्याउन पनि उत्तिकै सजिलो हुने किसान बताउँछन् व्यवसायिक रुपमा गाइबस्तु पाल्नेका लागि दाइँ गरेको पराल अनिवार्य हुन्छ

असारमा धान रोप्न मंसिरमा धानको पराललाई माडेर राख्न गोरु अनिवार्य हुन्छ गोरुको विकल्पमा किसानले पछिल्लो समय ट्याक्टरको प्रयोग गर्न थालेका छन्पहिला गोरु नपाल्ने घर हुन्थेन, जलजला का रामु सुबेदीले भने, ‘अहिले प्रविधिले गोरु विस्थापित भए एकदुई घर हुँदै बिस्तारै सबैले पाल्न छाडे बल्ल गोरुको महत्व थाहा हुँदैछ

गोरु नहुँदा समयमा दाइँ गर्न नसकिएको उनले सुनाए धान काटेर चुटेर थन्क्याएपछि पराल माड्नका लागि दाँईं अनिवार्य हुन्छ कतिपय समथर ठाउँमा ट्याक्टरले माडेर पराल भित्र्याउने गर्छन् ठुलो ट्याक्टर नपुग्ने गाउँमा त्यो सम्भव छैनसानो ट्याक्टरले पराल माड्न मिल्दैन, फलेबास का टिकाराम तिवारीले भने, ‘गोरु नभएपछि परालकै पिरलो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)