Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1698




गाई काटेर खाने यूवा जेल चलान
गाई काटेर खाने यूवा जेल चलान

मंसिर १४ पर्वत । गाई काटेर खाएको आरोपमा पक्राउ परेका दुई युवालाई जिल्ला अदालत पर्वतले जेल चलानको फैसला सुनाएको छ। बिहादी गाउँपालिका१ बाच्छाका युवराज गुरुङ र महाशिला गाउँपालिका२ भोक्सिङका विजय नेपाली अदालतको आदेशअनुसार जेल चलान भएका हुन् ।

उनीहरूले २७ जेठमा गाउँमै गाई काटेर खाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीको अनुसन्धानपश्चात् जिल्ला अदालतमा पशुसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै जनही १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो। गाई राष्ट्रिय जनावार हो भने हिन्दु धर्ममा लक्ष्मी माताको रुपमा पूजा गरिन्छ । त्यसैले गौहत्यालाई अपराध मानिएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)