Correspondent, ParbatNepal
6 years ago
1367
मंसिर १८, पर्वत । पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अवस्थित कृष्णा प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जाडोयाम शुरु भएसँगै लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतले सो विद्यालयका विद्यार्थीलाई १/१ सेट न्यानो कपडा र बर्षभरि पुग्ने शैक्षिक सामग्री वितरण गरेको क्लवले जनाएको छ ।
विद्यालयमा अधिकाँश दलित समुदाय विद्यार्थी अध्ययनरत छन् । गरिव तथा निमुखा समुदायका विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको लायन्स क्लव अफ शिवालयका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्देश्य माथि प्रकाश पादै शर्माले लायन्य क्लव शिवालयले निमुखा गरिव तथा अप्ठ्योरोमा परेका नागरिकहरुलाई सहयोग गदै आएको बताउनु भयो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले दुर्गमका विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उक्त कार्यक्रमको संचालन लायन्स क्लव अफ शिवालयका सचिव मिनप्रसाद शर्माले गर्नुभएको थियो ।
