Correspondent, ParbatNepal
6 years ago
1603
मंसिर १९,
पर्वत । मिलनचोक धाइरिङ सडक दुई बर्षभित्र कालोपत्रे हुने भएको छ । जलजला गाउँपालिका
वडा नम्बर ७ अन्र्तगत मिलनचोकदेखि धाइरिङ सडक कालोपत्रेको लागि बिहिबार राष्ट्रियसभा
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलन्यास गरेका हुन । २०७८ साल मंसिर ५ गतेसम्म निर्माण
सक्नेगरी सम्झौता भइसकेको यो सडकको बिहिबार तिमिल्सिनाले शिलन्यास गरेका हुन । गौ महोत्सव
उद्घाटन गर्न पोखरादेखि हेलिकप्टरमा आएका तिमिल्सिनाले उक्त सडकको कालोपत्रेको पनि
शिलन्यास गरेका थिए ।
यो सडक
बहुबर्षीय ठेक्कामार्फत पहिलो चरणमा १० किलोमिटर कालोपत्रे हुन लागेको हो । आठ मिटर
चौडा रहने सडक २८ करोड १३ लाख छ हजार तीन सय १० रुपैयाँको लगानीमा कालोपत्रे हुन लागेको
हो । यो सडकको निर्माणका लागि निर्माण कम्पनीले यही मंसिर ६ गते सम्झौता गरेको थियो
। उनले आफ्नो कार्यकाल अझै चार बर्ष बाँकी रहेकोले यो अवधिमा पर्वतका सबै वडा कार्यालय
जोडिने गरी सडक कालोपत्रे हुने दाबी गरे ।
०७८ मंसिर
५ गतेभित्र कालोपत्रे भइसक्ने गरी सम्झौता गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर
मल्ल (रामकृष्ण)ले जानकारी दिए । उनले जलजला गाउँपालिकाले पनि पहिलो प्राथमिकता सडकमै
दिएको भएपनि सीमित स्रोतसाधनले समस्या भएको बताए ।
उनले जलजलाका
सबै मुख्य सडकलाई कालोपत्रे गर्नेगरी प्रयास गरिरहेको पनि जानकारी दिए । मिलनचोक धाइरिङ
सडक निर्माण भएपनि धाइरिङ हुँदै शालिजा, क्याङजानसमेत सहज हुनेछ । धाइरिङ सल्यानक्षेत्र
तरकारी उत्पादनको पकेट क्षेत्र भएका कारण पनि त्यहाँ उत्पादन भएको कृषि उपज बजार पु¥याउन
निकै सहज हुने अध्यक्ष मल्लले जानकारी दिए ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जलजला गाउँपालिकाले विकास निर्माणका योजनामा स्पष्ट प्रतिफल निकाल्नेगरी निगरानी र अनुगमन गरिरहेको जानकारी दिए ।
