Correspondent, ParbatNepal
6 years ago
1503
मंसिर २०, पर्वत । कुश्मा नगरपालिका वडा न १०
पिपलटारीमा वडा कार्यालय र स्वास्थ्य चौकी को संयोजनमा गर्भवती महिलाहरु लाई पोषणका
लागि अन्डा र आयोडिन नुन बितरण गरिएको छ । वडा भित्र रहेका गर्भवति महलिाहरुलाई बिहिबार
अन्डा र आयोडिन नुन बितरण गरिएको हो ।
गर्भवति
महिलाईलाई अण्डा र नुन बितरण गर्दै वडा अध्यक्ष सुजन बिकले गर्भावस्थामा बच्चा र आमा
कसरी स्बास्थ रहने भन्ने बारेमा जानकारी दिन यो कार्यक्रम गरिएको बताए । वडामा यो कार्यक्रम
पहिलो भएकोले यो कार्यक्रमलाई आगामि वर्षदेखि अझ व्यवस्थित एंव नियमित गर्दै जाने बताए
।
स्वास्थ
चौकी इन्चार्ज राम बहादुर खड्काले पोषण सामाग्री बितरण संगै गर्भवतिलाई गर्भाबस्थामा
ध्यान दिनुपर्ने कुरा, गर्भ जाचँ, लगाउनुपर्ने खोप र नियमित खानुपर्ने आईरन चक्की जस्ता
कुराहरुमा ज्ञान दिएको बताए ।
सुत्केरी
हुने दर शुन्य गर्न पनि यस्तो अभियान चलाएको नगर कार्यपालिका सदस्य देबेन्द्र बहादुर
नेपालिले बताए । सो अभियानमा वडा सदस्य दिवाकर शर्मा तिवारी, वडा सचिव नारायण लमिछाने
तथा विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
