Correspondent, ParbatNepal
6 years ago
1598
मंसिर २१, पर्वत । पर्वतको कुश्मामा शुक्रवार सातदिने उद्घोषण तथा भाषणकला तालिम शुरु भएको छ । लायन्स क्लव अफ पर्वत गुप्तेश्वरको आयोजनामा तालिम शुरु भएको हो । महिला जनप्रतिनिधी र विभिन्न सहकारी र संघसंस्थामा कार्यरत महिला कर्मचारीहरुलाई निशुल्क रुपमा क्लवले तालिम दिन शुरु गरेको हो । तालिम उद्घाटन शुक्रवार एक समारोहका बिच गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लवका डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले लायन्स क्लवले यो वर्ष शसक्तिकरणका लागि जागौँ भन्ने नारालाई लिएर अगाडी बढेको भन्दै महिला ससक्तिकरणमा क्लवले जोड दिएको बताउनुभयो । अवसरबाट वञ्चित भएका र समाजमा नेतृत्व गर्न चाहने महिलाहरुलाई उद्घोषण र भाषणकला तालिमले प्रर्याप्त फाईदा दिने लम्सालले बताउनुभयो । उहाँले व्याक्तित्व र नेतृत्व गर्न सबैभन्दा पहिले बोल्ने बानीको विकास हुनुपर्ने लायन्स लिडर लम्सालले बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लवका प्रथम उपाध्यक्ष मन रोका, पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडी लगायतले बोल्नुभयो । लायन्स क्लव अफ पर्वत गुप्तेश्वरका अध्यक्ष मुना शर्मा लामिछानेले तालिममा सिकाउने हरेक कुरालाई सुन्ने र व्यवहारमा उतार्ने प्रयास गर्न महिलाहरुलाई आग्रह गर्नुभयो । अहिले पनि धेरै महिला संस्थामा लागेर भाषण गर्न नसक्ने, माईन्यूट लेख्न र बैठकका निर्णय उतार्न समेत नजान्ने गरेको सन्दर्भमा तालिमले आधारभूत रुपमा यस्ता कुराहरुको ज्ञान दिने लामिछानेले बताउनुभयो । उक्त कार्यक्रममा लायन्स लिडरहरुको सहभागिता थियो ।
तालिमको सहजीकरण पत्रकार भवानीप्रसाद शर्माले गर्नुभएको छ । तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रशिक्षक भवानीप्रसाद शर्मा र सञ्चालन लायन्स क्लव अफ पर्वत गुप्तेश्वरका सचिव धनराज वि पौडेलले गर्नुभएको थियो । लायन्स क्लव गुप्तेश्वरले तालिमलाई दुई चरुणमा संचालन गरेको छ । तालिमको सहजिकरण भवानीप्रसाद शर्माले गर्नुभएको छ ।
