Correspondent, ParbatNepal
6 years ago
1511
मंसिर २१
पर्वत । पर्वत जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नबजात शिशुको उपचारका लागि आवश्यक
सामाग्रीहरु हस्तान्तरण गरिएको छ । नवजात शिशुको उपचारका लागि एनआइसीयु सेवा शुरु गर्नका
लागि आवश्यक मेशीन तथा उपकरणहरु सहयोग प्राप्त भएको हो । विभिन्न विदेशी दाताको सहयोगमा
पर्वत जिल्लाका ८ वटा लान्यस क्लवहरुको पहलमा आवश्क उपकरणहरु जिल्ला अस्पताल पर्वतमा
हस्तान्तरण गरिएको छ ।
५० शैया
क्षमताको रुपमा विकास हुन लागेको पर्वत अस्पतालको सेवालाई प्रभावकारी बनाउन र विपन्न,
तथा असहाय परिवारमा जन्मिएका बालबालिकाहरुले सहज रुपमा सेवा पाउन सकून भन्ने उद्धेश्यले
एनआइसीयुका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको लायन्स क्लवका डिस्ट्रिक्टका चिफ
एड्भाईजर बसन्तकुमार कर्माचार्यले बताउनुभयो ।
लायन्स
क्लवले मेडिकल डिभाईस, दुईवटा वेड लगायत गरी झण्डै रु. १८ लाख रुपैयाका सामाग्री सहयोग
गरेको उहाँले बताउनुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स क्लव इन्टरनेशनलका
एरिया लिडर बालकृष्ण बुर्लाकोटीले नवजात शिशुको उपचारका लागि यो मेशीन र उपकरणको ठुलो
महत्व रहेको बताउँदै यसको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले दिगो रुपमा विरामीहरुलाई
सेवा दिन आग्रह गर्दै थप सहयोग पनि गर्दै जाने बताउनुभयो । त्यस्तै लायन्स क्लवका डिस्ट्रक्ट
गभर्नर इन्दु लम्सालले सुविधा सम्पन्न अस्पतालहरु नभएका जिल्लाहरुमा बिरामीहरुको जटिल
रोगको उपचारका लागि समस्या रहेको बताउँदै यस्ता सामाग्रीहरुले अस्पतालको गुणस्तर र
नागरिकको सेवामा सघाउ पुग्ने बताउनुभयो ।
अस्पताल
व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले अत्यावश्यक उपकरणहरु सहयोग गरेकोमा लायन्स
क्लवलाई धन्यवाद दिँदै यसको सहि सदुपयोग गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले नयाँ
भवन निर्माण भएपछि अझै व्यवस्थित र तत्काललाई नयाँ कक्ष स्थापना गरेर सेवा संचालनमा
ल्याईने बताउनुभयो ।
