Correspondent, ParbatNepal
6 years ago
3567
मंसिर २३, पर्वत । स्थानीयस्तरमा गठन भई सामजिक कार्यमा सक्रिय रहँदै आएको यूनाईटेड स्पोर्टस क्लव देविस्थानले आयोजना गरेको नगरकै बृहत फलेवास व्यापारिक कृषि, खेलकुद तथा सांस्कृतिक मेला २०७६ को पाँचौ दिन कलाकारले भरपुर मनोरञ्जन प्रदान गरेका छन् ।
मेलामा सोमवार चर्चित लोकदोहारी गायक पशुपति शर्मा र सरस्वती शर्मा लामिछाने लगायतका कलाकारले दर्शकलाई झुमीझुमी नचाए । लोकगित संगितमा निकै चर्चित बनेको गित छिनछिन बज्ने चुरा बाट गित शुरु गरेका गायक शर्माले क्यार्न माया मारीचौँ, कल्ले कान फुक्यो र लगायतका दर्जनौ गित आएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । त्यस्तै अर्की चर्चित गायिका सरस्वती शमाृ लामिछानेले भिर्नि झोला लगायतका थुप्रै चर्चित गित गाएर दर्शकलाई नचाएकी थिइन ।त्यस्तै उदयमान गायक रामचन्द्र पौडेल आर.सीले पञ्चेबाजामा आधारित गित ‘पर्वते राजा, नकोरान सलाई’ जस्ता गित गाएर दर्शकलाई नचाएका थिए ।
त्यस्तै भोली -मंगलवार_ चर्चित गायक बद्री पंगेनी लगायतका चर्चित कलाकारहरुको प्रस्तुती रहने छ । मेलामा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतीहरुसँगै हास्य प्रहसन देखाईएको छ ।
मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि संचालन भईरहेका छन् ।
