Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2019




कुल आचार्यद्धारा गौमहोत्सवलाई १० लाख सहयोग
कुल आचार्यद्धारा गौमहोत्सवलाई १० लाख सहयोग

मंसिर २५, पर्वत उत्तरी पर्वतको जलजला गाउँपालिका धाईरिङ मिलनचोक स्थित कालिगण्डकी नदिको किनारमा जारी गौमहोत्सवलाई यहाँका एक व्यक्तिले १० लाख भन्दा बढि रकम सहयोग गरेका छन् लण्डनका सफल व्यवसायी एवम् सामजिक अभियान्ता कुल आचार्य सहित उहाँको परिवारले गौमहोत्सवको सहयोगार्थ १० लाख हजार सय ५५ रुपैयाँ सहयोग गरेका हुन् आचार्य जलजला धाईरिङका स्थायी बासिन्दा हुन् धाईरिङमा जन्मिएका डेढ दर्शकदेखी लण्डनमा बस्दै आएका आचार्य लण्डनका एक सफल व्यवासायी मानिन्छन्् आफ्नै गाउँमा नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना हुन लागेकोमा खुशीव्यक्त गदै आचार्यले गौमहोत्सवलाई आर्थिक सहयोग गरेका हुन्


धार्मिक आस्थामा समेत विश्वास गर्ने आचार्यले भने,‘हिन्दु धर्मावलम्बीहरुले पुज्ने गाईको संरक्षण गर्नु नेपालीहरुको कर्तव्य दायित्व हो, नेपालबाट नेपाली गाई मासिँदै गएका बेला जलजलावासीले गरेको महायज्ञलाई सहयोग पु¥याउन सहयोग गरेको हुँ सहयोग गर्न पाउँदा खुशी लागेको उहाँको भनाई लण्डनमा व्यवासाय सँगै विभिन्न संघसंस्थामा आवद्ध आचार्यले जलजला गाउँपालिकामा मात्र नभई पर्वत जिल्लाका सवै क्षेत्रमा सहयोग गदै आएका छन् आचार्य गैरआवसीय नेपाली संघका निर्वतमान उपाध्याक्ष एवम् अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हुन् उनी लण्डनका एक दर्जनभन्दा बढि सामजिक संस्थामा आवद्ध छन्


मंसिर १९ गतेदेखी शुरु भएको गौमहोत्सव बिहिवार सम्पन्न हँदै गण्डकी गोपाल गौशालाको सुदृढिकरण गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ स्वामी आचार्यको संकल्प स्थानीयको सक्रियतामा वि. २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)