Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1784




जिल्लाको समग्र विकासमा साथ र सहयोग रहन्छ : कुल आचार्य
जिल्लाको समग्र विकासमा साथ र सहयोग रहन्छ : कुल आचार्य

मंसिर २७,पर्वत गैह्र आवासीय नेपाली संघ एनआरएनका सल्लाहाकार कुल आचार्यले प्राविधिक कारण आफु एनआरएनको चुनावमा पराजित भएपनि हरेकको मनबाट भने विजयी भएको बताउनुभएको

पर्वतको कुश्मामा शुक्रवार जिल्लावासीहरुलाई भेटघाटको क्रममा आउनुभएका आचार्यले पत्रकार सम्मेलन मार्फत आफ्ना भनाई सार्वजनिक गर्नुभएको हो एनआरएनको अभियान पदमा हुँदा नहुँदा पनि निरन्तर सञ्चालन गर्न सकिने अभियान रहेको उल्लेख गर्दै एनआरएनएको अध्यक्ष पदमा पराजित उम्मेदवार आचार्यले आफु अभियानबाट बिचलित नभई थप दृढताका साथ लागिपरेको बताउनुभयो पर्वतको धाईरिङमा आयोजित गौ महोत्सवमा सहभागी भएर फर्किनुभएका आचार्यले पर्वतलाई धार्मिक पर्यटकिय हिसावले धेरै विकास गर्ने आधार रहेको समेत उल्लेख गर्नुभयो

आफु निरन्तर जिल्लाको समग्र विकासको अभियानमा साथ सहयोग गर्ने शिलशिलामा रहेको भन्दै आचार्यले पर्वतलाई विश्वभर चिनाउने अभियान देखि सामाजिक सेवामा पनि सक्रिय रहेको बताउनुभयो पर्वतको शिवालय माविमा रहेको दृष्टिविहिन छात्रावासमा पुगेर यहाँ आश्रित बालबालिका संग पनि आचार्यले भेट गर्नुभएको  पर्वत वेयर फेयर सोसायटी यूकेको तर्फबाट दृष्टिविहिन छात्रावासका विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा सहयोग पु¥याउन अक्षयकोष सञ्चालन गरिएको अक्षयकोषले विद्यार्थीलाई पुगेको सहयोगको बारेमा आचार्यले जानकारी लिनुभएको

पत्रकार सम्मेलनमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले पर्वतको समग्र विकासमा एनआरएनएको महत्वपूर्ण सहयोग भैरहेको बताउनुभयो विकासका हरेक कुरामा सबैले हातेमालो गर्नुपर्नेमा मल्लले जोड दिनुभयो कालञ्जर जलजलाको विकासमा विभिन्न योजना बनाएर काम शुरु भएको पनि अध्यक्ष मल्लले स्पष्ट पार्नुभयो

पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले पत्रकार महासंघले गरिरहेको गतिविधिका बारेमा जानकारी दिँदै आचार्यलाई स्वागत गर्नुभएको थियो कार्यक्रमको सञ्चालन पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले गर्नुभएको थियो

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)