Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2231




कालञ्जर क्षेत्रको विकासका लागि विराट ज्ञान महायज्ञ आयोजना गरिने
कालञ्जर क्षेत्रको विकासका लागि विराट ज्ञान महायज्ञ आयोजना गरिने

मंसिर २७, पर्वत विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ विराट ज्ञान महायज्ञ आयोजना गरिने भएको

आगामी बैशाख गतेदेखि गतेसम्म आयोजना गरिने उक्त विराट ज्ञान महायज्ञका लागि जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले महायज्ञ मूल आयोजक समितिको संयोजक चयन हुनुभएको गाउँपालिकाको अध्यक्षमा निर्वा्चित भएदेखिनै कालञ्जर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गरि जलजला सिंगो पर्वतको आर्थिक समृद्धिमा टेवा पु¥याउने अभियान बोकेर हिँडेका अध्यक्ष मल्ल कालञ्जर क्षेत्र धार्मिक पर्यटन परियोजनाका परिकल्पनाकार समेत हुनुहुन्छ जलजलामा आयोजित गौमहोत्सवको सातौंदिन स्वामी कमलनयनाचार्यबाट मल्ललाई मूल संयोजकमा गरिएको प्रस्ताव सभाबाट सर्वसम्मत पारित भएपछि कालञ्जरको धार्मिक पर्यटनका लागि अर्को अभियान शुरु भएको हो

अध्यक्ष मल्लले आफू शुरुदेखिनै कालञ्जर हम्पालको पर्यटन गुरुयोजना बनाएर यसको विकासका लागि समर्पित भएको वताउनु भयो महायज्ञ मूल आयोजक समितिको संयोजक चयन भएपछि अध्यक्ष मल्लले विहिवार नै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्य मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यलाई लिएर हेलिकप्टरबाट कालञ्जर क्षेत्र महायज्ञस्थलको अवलोकन गर्नुभएको थियो

 अध्यक्ष मल्लले यसअघि पनि कालञ्जर क्षेत्रको धार्मिक तथा पर्यटन विकासका लागि प्रदेश सरकार केन्द्र सरकारसँग पहल भइरहेको जानाकारी दिँदै पर्यटकीय जैविक विविधतालाई समेत समेटेर विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउन लागेको त्यसका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएको वताउनु भयो

कालञ्जर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसहितको उच्चस्तरीय टोलीले यसअघि नै त्यस क्षेत्रको अवलोकन भ्रमणसमेत गरिसकेको हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)