Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1418




दिगो विकासका लक्ष्य पुरा गरौँ : तिमिल्सीना
दिगो विकासका लक्ष्य पुरा गरौँ : तिमिल्सीना

पुस , पर्वत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले दिगो विकासको लक्ष्य अनुसार काम गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभएको पर्वतको कुश्मा नगरपालिकाले शुरु गरेको आधुनिक तबरले फोहोर व्यवस्थापनको विषयमा आयोजना गरेको गोष्ठिलाई आज सम्बोधन गर्दै अध्यक्ष तिमिल्सीनाले यस्तो बताउनुभएको हो

 

उहाँले दिगो बिकासका १७ लक्ष्य मध्येका सबै लक्ष्य पुरा गर्नुपर्ने नेपाललाई दायित्व रहेको औल्याउँदै स्थानीय सरकारका हरेक योजना दिगो विकासका लक्ष्य केन्द्रित हुनुपर्ने बताउनुभयो दिगो विकासका १७ लक्ष्य मध्ये अधिकाँश लक्ष्य वातावरण स्वच्छता संग सम्बन्धित रहेको बताउँदै तिमिल्सीनाले सन् २०३० सम्म लक्ष्य भेट्ने किसिमले नीति तथा कार्यक्रम तय गर्न स्थानीय सरकारका प्रमुखहरुलाई निर्देशन दिनुभयो

 

कार्यक्रममा पर्वतका सात वटै स्थानीय तह सहित बागलुङ म्याग्दीका स्थानीय तहका प्रमुखहरु सहभागी भएका थिए प्रमुखहरुलाई सम्बोधन गर्दै तिमिल्सीनाले फोहोर व्यवस्थापन गर्न पनि दिगो लक्ष्य योजना आवश्यक हुने आवश्यकता जनाउनुभयो फोहोर बाट मोहर बनाउने कार्यक्रम तय गर्न आग्रह गर्नुभएको

 

तिमिल्सीनाले फोहोर घरघरबाट संकलन गर्ने सचेतना स्थानीय सरकारले शुरु गर्नुपर्ने पनि बताउनुभयो वातावरण सफा हुन नसकेसम्म स्वस्थ्य जनशक्ति उत्पादन नहुने भएकाले व्याक्तिगत वातावरणिय सरसफाईमा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)