Correspondent, ParbatNepal
6 years ago
2577
पौष २९, पर्वत । फलेवास नगरपालीका ३ शंकरपोखरीमा क्रियाशिल सिमखेत युवा क्लबले महिलाहरुको नेतृत्व एवम् क्षमता बिकासको लागी आयोजना गरेको उद्घोषण तथा भाषणकला तालीमको एक समारोह बिच मंगलवार सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथीको आसनवाट वोल्दै फलेवास न।पा ३ की वडा सदस्य निर्मला शर्मा रेग्मीले महिलाहरु नै समृद्ध नेपाल निमार्णको लागि मेरुदण्ड भएको वताउनुभयो । रेग्मीले महिलाहरुलाइ सबै कुरामा सक्षम बनाइ नेतृत्व दिएमा मात्र सामाजीक रुपान्तरण सम्भव हुने धारणा व्यक्त गर्नुभयो । महिलालाइ चुल्हो चौकोवाट बाहिर ल्याई बोल्न सिकाउनुको साथै आय आर्जनका लागी समेत सक्षम बनाउनुपर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक भवानीप्रसाद शर्माले वोल्ने क्षमताको बिकास नभएसम्म महिलाहरुको बिकास सम्भव नभएको बताउनुभयो । वोल्ने कलाको बिकासले मात्र समाजमा हुने महिला हिंसाको स्वत न्यूनीकरण हुने बताउँदै प्रशिक्षक शर्माले बिकासको मुल प्रवाहमा महिलाहरुलाई समाहित गराउन पनि उद्घोषण तथा भाषणकला तालिम आवाश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा भुपु सैनिक संघ पर्बतका सभापति सुवेदार खडकबहादुर कार्की, जनसहयोगी मा।बि ब्यवस्थापन अध्यक्ष महेन्द्र कार्की, प्रधानाध्यापक गणेश थापा, गणेश टोल बिकास संस्थाका अध्यक्ष हेमप्रसाद अधिकारीले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा आयोजक सिमखेत युवा कल्बका अध्यक्ष सरोज खनालले महिलाहरु हरेक कुरामा सक्षम भएमात्रै समाज परिवर्तन हुने बताउनु भयो । खनालले आगामी दिनमा समेत कल्बले यि र यस्तै कार्यक्रम गरि समाजमा महिलाहरुको नेतृत्व अगाडि ल्याउन पहल गर्ने समेत बताउनु भयो ।
कार्यक्रमको स्वागत मन्तव्य क्लवका कोषाध्यक्ष सरस्वती कुमारी कार्कि र सञ्चालन कल्बका सचिब इस्वर कार्किले गर्नुभएको थियो । ३२ जना महिला सहभागि रहेको उक्त तालिमका सम्पूर्ण सहभागिहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । सहभागिहरुले ४ दिनको तालिमले आफुमा निर्धक्क भएर वोल्ने कलाको बिकास भएकोमा खुसी व्यक्त गरेका थिए । सो अवसरमा सहभागिलाई प्रमाणपत्र र प्रशिक्षक र प्रमुख अतिथीलाई मायाको चिनो र उत्कृष्ठ सहभागिलाई आकर्षक पुरस्कारले सम्मान गरिएको क्लवका अध्यक्ष सरोज खनालले बताउनुभयो ।
