Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2402




एन.आई.सी एशिया वैँकको वित्तिय साक्षरता अभियान
एन.आई.सी एशिया वैँकको वित्तिय साक्षरता अभियान




रोशन तिवारी पुष ३० पर्वत - पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा एन.आई.सी. एसिया वैँकले साक्षरता अभियान चलाएको छ । कुश्मा शाखा र कास्कीको नयाँपुल शाखाले मोदी गाउँपालिका ६ तिलाहारमा घरघरमै पगेर वित्तिय साक्षरता कक्षा चलाएको हो । 


शनिवार मोदी गाँउपालिका ६ गाडतारा तथा गिज्यान गाउँमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको नयाँपुल शाखा प्रवन्धक प्रेमज पौडेलले जानकारी दिए । ग्रामिण क्षेत्रमा रहेका नागरिकहरु अझै पनि चेतना र वैँकका सेवावारे थाहा नहुँदा वैक जनताको पहुँचमा नपुगेको महशुस गरि साक्षरता कक्षा चलाउनुपरेको पौडेलले वताए । 


गाडतारा तथा गिज्यानका झण्डै एक सय घरधुरीमा प्रत्यक्ष वैकका कर्मचारी उपस्थित भई,कर्जा तथा वचत, मोवाईल वैङ्गकिङ्ग, ईन्टरनेट वैङ्गकिङ्ग, शेयर आवेदनका लागि आस्वा प्रणाली, जिवन विमा, व्याजदर, खाता खोल्दा हुने फाईदा लगायत वैंडकिङ्ग सेवा सुबिधाका वारेमा सचेतना प्रवाह गरेको शाखाका सेवा प्रवन्धक टंकनाथ लामिछानेले वताए ।


वाणिज्य वैक घर दैलोमा आएर सचेतना कार्यक्रम सञ्चालन गरेकोमा स्थानीयले खुशी व्यक्त गरे । स्थानीय हरी सुवेदिले वैँक सम्म पुग्न नसकेका नागरिक लाई घर दैलोमै सेवा दिनु निकै सकरात्मक रहेको वताए । यसै वडाका वडाअध्यक्ष विमल लामिछानेले राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता प्रदान गर्न समेत वैँक जनताको घरदैलो सम्म जानुपर्ने धारण राखे । वित्तिय साक्षरता कक्षा चलाउन वैँकका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शर्मा पनि सहभागी भएका थिए । पछिल्लो समयमा एन.आई.सी एसिया वैँक शाखा विस्तार र ग्राहक वृद्धि गर्ने अभियानमा आक्रामक रुपमा लगेको शर्माले वताए ।


सम्बन्धित समाचार (मोदी गाउँपालिका )