Correspondent, ParbatNepal
5 years ago
2193
पुष १६ पर्वत । २०७२ सालमा जीवन बीमा कम्पनीमा आवद्ध भएका गोबिन्द अधिकारी अहिले चर्चामा छन् । उनी लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) मा आवद्ध छन् । शुरुमा २०७२ मा एजेण्ट, २०७३ सालमा एजेन्सी म्यानेजर हुँदै इ क्लव, चियरमेन क्लव हुँदै उनी एमडीआरटी बन्न सफल भएका छन् । उनी पेशाले पत्रकार समेत हुन् । कुश्मामा सहकारी पनि सञ्चालन गर्दै आएका गोबिन्दले शुरुमा बीमा कम्पनीमा लाग्न आएका प्रस्तावको कुनै वास्ता गर्दैनथे । उनी जब बीमाको तालिम लिए त्यसपछि यसमा आबद्ध भएर सफलताको यात्रामा अगाडी बढेका छन् । अधिकारीलाई बीमा भनेको व्याक्ति मरेपछि पाईन्छ भन्ने बुझ्थे । अहिले तालिम लिँदै जाँदा र बीमाको बारेमा अध्ययन गर्दै जाँदा जीवन छँदा र जीवन पछि पनि बीमाको अपरिहार्यता रहेको उनले बुझेका छन् ।
बीमामा लाग्न प्रेरित गर्ने उनका गुरु हुन पोखराका नविन घायल । पोलिसी बोकेर उनी घरघरै जान्थे । अधिकारीले बीमक खोज्दै हिँड्नुपर्दैन । घरघरै जाँदा भाग्ने, कुरा गर्न नचाहाने मानिसहरु पछि आँफै बीमा गर्न आएको उनी सम्झिन्छन् । २०७२ को भूकम्प र हालैको कोरोना भाईरसको संक्रमण पछि बीमा धेरै मानिसहरु आकर्षित छन् । मानिसहरुले बीमाको महत्व बुझ्दै गएको उनी बताउँछन् ।
अधिकारी सौराहा, पोखरा, काठमाण्डौ , पर्वत र देशका विभिन्न ठाउँमा कम्पनीले आयोजना गरेका कार्यक्रममा सम्मानित हुँदै आएका छन् । उनी उत्कृष्ठ बीमाकर्मी हुन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा जन्मिएका अधिकारीको बसोवास कुश्मा ५ मा छ । पत्रकारिता र सहकारीताकर्मी रहेका अधिकारीलाई बीमा कम्पनीले झनै चर्चामा पु¥याएको छ ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन एलआईसीले उनै अधिकारीलाई हालै एमडिआरटीको उपाधी दिएको छ । यो उपाधी उनले छोटो समयमा प्राप्त गरेका हुन् । विश्वभरिका बीमा प्रोफेशनलहरुको साझा संस्था एमडिआरटीको आगामी सम्मेलन सिंगापुरमा हुने भएको छ । यो सम्मेलनमा गोबिन्द अधिकारी सहभागी हुनेछन् र उपाधी हात पार्नेछन् ।
एमडिआरटीले जनाए अनुसार सन् २०२१ को अगष्ट २९ देखि सेप्टेम्वर १ मा सिंगापुरमा हुनेछ । वर्षभरिमा तोकिएको बीमा शुल्क वा कमिशन प्राप्त गर्ने बीमा अभिकर्ताले मात्रै एमडिआरटी विश्व सम्मेलनमा भाग लिन पाउनेछन् ।
जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन पाउनेछन् । मिलियन डलर राउण्ड टेवल अर्थात एमडिआरटी नाम दिइएको सो सम्मेलन हरेक वर्ष फरक फरक देशमा हुँदै आएको छ ।
अमेरिकाको सिकागोमा मुख्यालय रहेको एमडिआरटीमा क्वालिफाईड भई विश्व सम्मेलनमा सहभागी भएपछि उक्त व्यक्तिको कार्य क्षमता बृद्धि हुने छ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटी उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्म हो ।
उनले बीमा गराएका मानिसहरु सन्तुष्ट छन् । उनले कम्पनी मार्फत राम्रो आम्दानी लिएका छन् । कम्पनीका सिईयो लक्ष्मीप्रसाद दासले अधिकारीको सफलता बाट खुशी भएको बताए । उनको असल प्रेरणा प्राप्त गरेको हुनाले बीमामा लागेर सफल भएको अधिकारी बताउँछन् । धौलागिरीमा एमडीआरटी पाउने कमै मात्र छन् । तिनमा अधिकारी पनि एक सफल व्याक्ति हुन् ।
