Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1103




आज नारी दिवस : पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आज नारी दिवस : पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

फागुन २५, पर्वत । आज एकसय १० औं अन्तर्राष्ट्रिय नारी दिवस । ‘समानताको पुस्ताः अन्त्य गरौ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका साथ मनाइँदैछ । समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको संझनामा यो दिवस मनाइन्छ । आन्दोलनको १ सय बर्ष पार हुँदा विश्वका अन्य देशका हरेक क्षेत्रमा महिला र पुरुषको समानता भएपनि नेपालका महिलाहरु भने अझै संघर्षरत छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा दिवस मनाउँदै गर्दा नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाका हकमा सरकार खास पहल गर्न सकेको छैन । महिला पुरुष बराबरी भनेपनि घर व्यवहारको सम्पूर्ण व्यवस्थापन गर्ने महिलाको कामलाइ महत्व दिइदैन । सरकारले श्रमिकहरुका लागि भन्दै श्रम ऐन ल्याएपनि त्यसमा घरमा काम गर्ने महिलाको विषय समेटिएको छैन । घर व्यवहार चलाउने महिलाको समय र परिश्रमको महत्व हुनुपर्ने महिला अधिकारकर्मी सरस्वती शर्मा जिज्ञासूको भनाइ छ ।

घरभित्रै महिलाहरुको सम्मानजनक व्यवहारका लागि सरकारले केही नीतिगत व्यवस्था गर्छ ? महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव याम कुमारी खतिवडा यस विषयमा एउटा मन्त्रालय मात्रै भन्दा पनि सिंगो सरकारले पहल गर्नुपर्ने भन्दै यस विषयमा छलफल भइरहेको बताउनुहुन्छ ।  औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पर्वतका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ । दिवसमा पर्वतका सातै वटा स्थानीय तहमा कार्यक्रम आयोजना गरिएको छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)