Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1266




आजबाट मौसममा सुधार आउने
आजबाट मौसममा सुधार आउने

फागुन २५, पर्वत । पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशभर भएको वर्षामा आजबाट सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको थियो । वर्षासँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

प्रि मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि रहेका कारण वर्षा निरन्तर नभइ केही समय रोकिँदै फेरि हुने मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । आजबाट मौसम क्रमशः सुधार हुँदै जाने उहाँको भनाइ छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आँशिक बदली रहेको छ ।

आज दिउँसो देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी र पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)