Correspondent, ParbatNepal
6 years ago
1428
फागुन २५, पर्वत । पर्वतको मोदी गाउँपालिका–६ की शान्ती नेपालीको माघ २८ गते डिमुवा देखी नयाँपुल तर्फ जाने क्रममा मोवाईल हरायो । उनले खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिईन । निवेदनको आधारमा प्रहरीले फागुन २३ गते फेला मोवाइल फेला पारी नेपालीलाई बुझायो । यो एउटा घटना मात्र हो । यदि तपाईको मोबाईल हराएको छ भने चिन्ता नगनुहोस् । अब तपाईको मोबाइल प्रहरीलाइ निवेदन दिएपछि भेट्न सकिन्छ । तर हराएको माबाइलबारे प्रहरीमा रिपोर्ट दिँदा केही कुरामा ध्यान दिनु पर्ने हुन्छ । हराएको मोबाइलबारे प्रहरीमा निवेदन दिँदा मोबाइल सेटको प्रकार र मोबाइल सेटमा हुने आइओएमआई नम्बर सहितको विवरण उल्लेख उल्लेख गर्नुपर्ने हुन्छ । मोवाईल भेट्टाउन आइओएमआई नम्बर आवश्यक पर्छ । आइओएमआई नम्बर हेर्न -*#06#_ अति आवश्यक पर्छ । प्रहरीले आइओएमआई नम्बरलाई आधार बनाएर खोजी गर्ने गर्छ ।
पर्वतमा मोवाईल हराउनेको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा मात्रै ४५ वटा मोवाईल हराएको निवेदन परेको छ । त्यसमध्ये प्रहरीले १५ वटा मोबाइल फेला पारी मोबाइल धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरिक्षक मोहन कुवँर खड्काले जानकारी दिनुभयो । प्रहरीले मोवाइल भेट्टाएर नदिने एक जनालाई मुद्धा दायर गरेको समेत बताएको छ ।
प्रहरीका अनुसार
मोबाइलको खोजी र अनुसन्धान गर्न नेपाल प्रहरीले एउटा युनिट नै खोलेको छ । खोज र
अनुसन्धान गर्न मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकासँग पनि सहकार्य र समन्वय
गरेर मोबाइल खोजीको प्रविधिकसँग समन्वय गरेर हाललाई महाशाखामार्फत मोबाइलको खोजी
तथा अनुसन्धान गर्ने गरिएको प्रहरीले बताएको छ ।
