Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1332




पर्वतमा रक्त सञ्चार केन्द्र नहुँदा बिरामीलाई समस्या
पर्वतमा रक्त सञ्चार केन्द्र नहुँदा बिरामीलाई समस्या

फागुन २५, पर्वत । अप्रेशन गरेर बच्चा जन्माउँदा होस् या रक्तश्राप हुँदा होस् त्यस बेला रगतको आवश्यकता पर्छ । यसका साथै कुनै गम्भीर प्रकृतिको दुर्घटना भएपछि अस्पताल र्पुयाउँदा समेत रगत आवश्यक पर्ने हुन्छ । तर जिल्ला अस्पाताल पर्वतमा रक्त सञ्चार केन्द्र अर्थात ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ ।

 

सुत्केरी हुन आउने महिलामध्ये केहीको अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । जिल्लाभरिकै एकमात्र बिशेष डाक्टरको सुविधा भएको अस्पताल भएका कारण पर्वत अस्पतालमा जिल्लाका सबै क्षेत्र र बागलुङको दक्षिणी क्षेत्रका विरामी पनि आउने गरेका छन् । तर रगतको अभावमा उनीहरूलाई कि रिफर गर्नुपछ कि रगत खोज्न दौडाउनुपर्छ । पर्वत अस्पतालको प्रयोगशालामा कार्यरत प्राविधिक अमृत सुबेदीले बताए ।

 

जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र नभएकै कारण सेवाग्राहीले समस्या भोग्नु परिरहेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन् । जिल्ला अस्पतालमा आकस्मिक रुपमा कुनै बिरामीलाई रगत चाहिएमा रक्तदान गर्ने व्याक्ति खोज्दै चण्डिका ससत्र प्रहरी, वल, अर्जुनबाँण सैनिक गुल्म र जिल्ला प्रहरी कार्यालयका जवान खोज्दै हिँड्न्ुपर्ने बाध्यता भएको नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापती रुद्रवहादुर रिमालको भनाई छ ।

 

जिल्ला अस्पताल १५ शैयाबाट ५० शैयामा स्तरबृद्धि हुँदैछ । सामान्य शल्यक्रिया , डायलासिस सेवा लगायत अस्पतालले सेवा विस्तार गरेको छ । तर, अस्पतालले रक्तसञ्चार केन्द्र आवश्यक हुँदा हुँदै किन स्थापना नगरेको होला पवत अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीले प्रश्न गरे ।

 

रगतको अभावमा दैनिक कति पोखरा, काठमाण्डौ रिफर भैरहेका छन् त्यसको तथ्यांक पर्वत अस्पताललले राख्ने गरेको छैन । रगतकै अभावले जिल्लाको ठुलो अस्पतालमा आउने विरामी अन्यत्रै रिफर हुनुपर्दा कठिन भैरहेको गुनासो गर्दै आईरहेका छन् ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)