Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1506




पर्वतमा यसपालीको होली शान्त र भिन्न
पर्वतमा यसपालीको होली शान्त र भिन्न

फागुन २६, पर्वत । पर्वतमा यसपालीको होली शान्त रुपमा मनाइएको छ । कोरोना भाइरस (कोभिड१९) संक्रमणको त्रासका कारण जिल्लामा होली शान्त रुपमा मनाइएको हो । पहिले पहिले जबरजस्ती र पानीका लोला हान्ने गरिए पनि यस पटक निकै सौहार्दपूर्ण रुपमा नजिकका चिनेका मान्छेबीच मात्रै सामान्य रङ दलेर होली पर्व मनाइएको हो ।

 

जिल्लाको सदरमुकाम कुश्मा बजारमा पनि ससाना बालबालिकाले होली खेलेपनि विगतमा जस्तो हर्ष उल्लास देखिएन । स्थानीय सर्वसाधारणले पनि ह्याप्पी होलीभन्दै एक अर्कालाई रङ टिका लगाइदिएर शुभकामना आदानप्रदान गरेका थिए । पर्वतका गाउँगाउँमा गत वर्षभन्दा यसपालि निकै कम मानिस होली खेलेको पाइएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)