Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1481




कोरोना प्रभाव रोक्न गण्डकी प्रदेशले बनायो १० समिति
कोरोना प्रभाव रोक्न गण्डकी प्रदेशले बनायो १० समिति

फागुन २६, पर्वत । कोरोना भाइरस र अन्य सरुवा रोगको संक्रमणबाट सतकर्ता अपनाउन गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले १० समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माको अध्यक्षता र सामाजिक विकासमन्त्री नरदेवी पुनको उपस्थितिमा बसेको वैठकले आइतबार १० समिति गठन गरेको जनाएको छ ।

संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि समिति गठन गरिएको हो ।  समितिहरुलाई ३ दिनभित्र कार्ययोजना बनाएर मन्त्रालयमा बुझाउने म्याण्डेट दिइएको छ । बैठकले डाक्टर रामबहादुर केसीको संयोजकत्वमा ८ सदस्यीय अस्पताल व्यवस्थापन समिति गठन गरेको छ समितिले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, प्रतिकार्य समिति गठन, तालिम पाठ्यक्रम विकास, समितिलाई तालिम प्रदान, तोकिएका अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गर्ने, श्रोत अभावको आकलन तथा व्यवस्थापन, सञ्चार र तथा समन्वय, अस्पतालसँग सम्बन्धित निर्णय गर्ने गर्नेछ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)