Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
1356
पर्वतमा चितुवाको आक्रमणबाट एक बृद्ध घाइते
फागुन २७, पर्वत । पर्वतमा चितुवाको आक्रमणबाट एक बृद्ध घाइते भएका छन् । जिल्लाको कुस्मा नगरपालिका – २ खुर्कोट तीन मुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मालाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घर नजिकैको वनमा घाँस काट्न गएको बेला मंगलबार दिउँसो बृद्ध शर्मालाई चितुवाले आक्रमण गरेको हो । आक्रमणबाट हात लगायतका ठाउँमा चोट लागेको र आफुँ भिरबाट खसेपछि चितुवा भागेको घाइते शर्माले बताउनुभयो । घाइते शर्माको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । उहाँको अबस्था भने सामान्य नै रहेकोछ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2393
सम्बन्धित समाचार ( मुख्य खबर)
