Correspondent, ParbatNepal
6 years ago
1203
फागुन २७, पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कुनै व्यक्तिमा कोरोना भाइरस अर्थात कोभिड—१९ को आशंका देखिएमा आफैं क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभएको छ । आज मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी अब अरुलाइ नराख्ने बताउनुभएको हो । उहाँले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफैं क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो ।
ज्वरो आउने
र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने मन्त्री ढकालको
भनाइ थियो । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने र ठूलो समूहमा
क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरिपाटी क्वारेन्टाइनमा राख्ने पनि उहाँले
बताउनुभयो । विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई
त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको
प्रमाणपत्र भएमात्रै नेपाल प्रवेश हुने मन्त्री ढकालले बताउनुभयो ।
क्वारेन्टाइन
भन्नेबित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले राखेको, सरकारकै
व्यवस्थापनमा गर्ने भन्ने बुझिएको छ , अब त्यसो होइन विश्व स्वास्थ्य संगठनको मापदण्ड
अनुसार सबै जना आफै बस्नुपर्दछ , मन्त्री ढकालले भन्नुभयो । ।।
