Correspondent, ParbatNepal
8 years ago
1823
माघ १ पर्वत -
पर्वत जिल्ला अस्पतालमा सञ्चालनमा रहेको अप्रेशन सेवा वन्द भएको छ । वेहोस गराउने चिकित्सक (एनेस्थेसियोलोजिस्ट) नहुँदा सेवा वन्द भएको हो । सेवा वन्द भएपछि आउने विरामीहरु रिफर हुन थालेका छन् । यहाँ सामान्य किसिमका अप्रेशन हुने गरेका थिए । सुत्केरी हुन नसकेका महिलाहरुको अप्रेशन, एपेण्डिस, हर्निया, हाइड्रोसिल, पाईल्स जस्ता रोगको अप्रेशन सेवा दिँदै आएको अस्पतालमा सेवा वन्द भएपछि सेवाग्राहि समस्यामा परेका हुन् ।
विगत एक महिनादेखि अस्पतालमा अप्रेशन सेव वन्द भएको कार्यालय प्रमुख डा. वुद्धिवहादुर थापाले जानकारी दिनुभयो । उहाँले अप्रेसन गर्ने प्रसुती सेवालाई तत्कालै अन्यत्र पठाउन बाध्य भएको र अन्य सेवामा भने चौबीसै घण्टा सेवा दिएको थापाले वताउनुभयो ।
अप्रेसन सेवा सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सक अन्यत्र सेबा सुबीधा बढी पाएपछि गएकोले सेवा पनि ठप्प भएको हो । जिल्लाभरिनै एक मात्र अप्रेसन सेबा सुरु गरेको जिल्ला अस्पताल पर्बतमा जिल्लाका ५ गाउँपालिका तथा २ नगरपालिकाका बासिन्दाले स्वास्थ्य सेवा लिने गर्छन् । यहाँ दैनिक १ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् । मासिक कम्तिमा ५ देखि ७ जनाको अप्रेसन हुने गरेकोमा त्यो सेवा रोकिएपछि बिरामीले सास्ती खेप्नुपरेको हो । अप्रेसन सेवा सुरु भएको जानकारी प्रचार शैलीमा गरिए पनि बन्द भएको जानकारी कसैलाई पनि थिएन । करार सेवाका लागि पुन आवश्यकता खुलाउने तयारी भएकोले सेवा नभएको जानकारी नगराईएको थापाले बताउनुभयो । रक्त संकलन केन्द्र पनि नभएकाले अप्रेसनमा समस्या छ ।
सम्पर्कमा रहने व्यक्तिबाट तत्कालै रगत दिने सर्तमा मात्र अप्रेसन सेवा गरिएको भएपनि एक महिनादेखि सेवा रोकिएपछि रगत दिने व्यक्तिहरु पनि सम्पर्कमा राख्न नसकिएको उहाको भनाइ छ । अप्रेसन मात्र नभएर जिल्ला अस्पताल पर्बतले बिरामीलाई दिने सेबामा समेत गुनासो आउने गरेको छ । अप्रेसन सेबा शुरु भएपछि अहिले सम्म ३५ भन्दा बढीले प्रसुती सेबा लिएको तथ्यांक छ ।
