Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1236




दिउँसो र साँझपख मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना
दिउँसो र साँझपख मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना

फागुन २९, पर्वत । आज दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी भूभागका थोरै स्थानहरूमा दिउँसो र साँझपख मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ ।

 

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पहाडि भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना छ । पश्चिमी तथा मध्य पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन् ।

 

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको र देशको पश्चिमी भूभागमा सामान्य बदली र अन्य पहाडी भेगमा आंशिक बदली रहेको छ ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)