Correspondent, ParbatNepal
6 years ago
1225
फागुन २९, पर्वत । विश्व
स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ
। तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि
संगठनले हिजो यसलाई महामारी घोषणा गरेको हो ।
कोरोना भाइरसबाट एसिया, युरोप, मध्य पूर्व र
अमेरिकामा एक लाख २१ हजारभन्दा बढी मान्छे संक्रमित भएका तथ्यांकहरू सार्वजनिक
भएको छ । बुधबारसम्म ४ हजार ३ सय ७३ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको
उद्गम देश चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन् । हालसम्म १०९
देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । चीन र कोरियामा बिस्तारै कोरोना भाइरस
संक्रमितको संख्या कम हुँदै गएको छ ।
साथै ५७ देशमा दस वा योभन्दा कम संक्रमित पुष्टि भएका डब्लुएचओले भनेको छ । यसअघि सार्स, मर्सले पनि धेरै मान्छेको ज्यान लिएको थियो ।
