Correspondent, ParbatNepal
6 years ago
1257
फागुन २९, पर्वत । मध्यपहाडी
लोकमार्गको पर्वत खण्डमा बम विस्फोट गरि ट्रयाक खोलिने भएको छ । कुश्मा नगरपालिका– ८ फलामखानीमा
रहेको बाघदुले भीरमा विस्फोट गरि ट्रयाक खोल्नुपर्ने भएकाले १५ दिनसम्म आवातजावत
बन्द हुने भएको छ । २४ किलोमिटर खण्ड मध्ये बाघदुले भीर र बेतनीको भीरमा ट्रयाक
खोल्न बाँकी छ ।
चैत १ गतेदेखि १५ गतेसम्म
दिउँसो १२ : ३० देखि ३ : ३० बजेसम्म
लोकमार्गमा सवारीसाधान आवातजावत रोकेर काम गरिने लोकमार्ग आयोजना कार्यालय पर्वतका
प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे
नेपालको अध्यक्षतामा हिजो बसेको बैठकले सडक बन्द गर्ने र बम विस्फोट सम्बन्धि
विभिन्न प्रक्रिया पूरा गर्न आयोजना कार्यालयलाई अनुमती दिने निर्णय गरेको छ ।
मध्यपहाडी लोकमार्गको पर्वत खण्डको ५ किलोमिटर क्षेत्रमा कालोपत्र सकिएको छ । कुश्मा बजार र पातीचौरमा ४ लेन बिस्तार भैरहेको छ । अन्य खण्डमा कालोपत्रका लागि संरचना तयार भइसकेको छ ।
