Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1277




पर्वतबाट नेकपा गण्डकी प्रदेशको सचिबालयमा पूर्व एमालेवाट ३ र माओवादीवाट १ जना मानोनित
पर्वतबाट नेकपा गण्डकी प्रदेशको सचिबालयमा पूर्व एमालेवाट ३ र माओवादीवाट १ जना मानोनित

फागुन २९, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिको सचिवालयमा पर्वतबाट तिन जना नेता मनोनित हुनुभएको छ ।

 

मनोनित हुनेहरुमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, जिल्ला समन्वय समितिका संयोजक तथा नेकपा प्रदेश कमिटि सदस्य मनोहरबी पौडेल र प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिब सुदिँप कुँवर चयन हुनुभएको हो ।

 

जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरी यस अघिनै सचिबालय सदस्य बन्नुभएको थियो । पर्वतमा लामो समयदेखि सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका चार नेताहरु बुधवारको बैठकले मनोनित गरेको हो ।

यस अघि तेह्र सदस्यीय मात्रै सचिबालय बनेकोमा बुधवार विस्तार गरिएको हो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)