Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1225




गण्डकी प्रदेशसभाको बैठक स्थगित
गण्डकी प्रदेशसभाको बैठक स्थगित

फागुन २९, पर्वत । गण्डकी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो ।


प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए । सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिनुभएको थियो ।


प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने आँैल्याउनुभयो । अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्ने छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)