Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1244




लोक तथा दोहोरी प्रतिष्ठानद्धारा कारागारमा बन्दीहरुलाई रेडियो सेट प्रदान
लोक तथा दोहोरी प्रतिष्ठानद्धारा कारागारमा बन्दीहरुलाई रेडियो सेट प्रदान

फागुन २९, पर्वत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पर्वत शाखाले पर्वत कारागारका बन्दी तथा थुनुवाहरुलाई रेडियो सेटहरु वितरण गरेको प्रतिष्ठानले कारागारमा रहेकाहरुले सूचना थाहा नपाउने तथा उनीहरु एकै ठाउँमा लामो समयसम्म रहनुपर्दा नियास्रो लाग्ने भएका कारण रेडियो सेटहरु वितरण गरिएको हो

 

सूचनाको हक सबै नागरिकलाई हुने भएकोले कारागारमा रहेकाहरुले पनि त्यो अधिकार पाउने भएकोले प्रतिस्ठान स्थापना भएको १९ औँ बर्षको अवसरमा रेडियो सेटहरु वितरण गरिएको हो कारागारमा टेलीभिजन रहेको भएपनि रेडियो सेटहरु नभएका कारण रेडियो नै वितरण गरिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालले बताए कारागारमा थुनिएकाहरुलाई पनि गीत संगीत सुन्न मान लाग्छ, समाचारहरु थाहा पाउन मन लाग्छ उनले भने, ‘रेडियोबाट प्रशारित सामग्रीहरुले उनीहरुलाई सुधार्नको लागि सहयोग गर्दछ असल अभ्यास गर्ने बानीको विकास गराउन सजिलो हुन्छ प्रतिस्ठानले हस्तान्त्रण गरेका रेडियो सेटहरु महिला बन्दीहरुलाई रेखिएको एउटा कोठा पुरुष बन्दीहरुलाई राखिएको ओटा कोठामा राखिने

 

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले थुनावा तथा बन्दीहरुप्रति समाजमा सकारात्मक सोचको विकास हुँदै गएको बताउँदै उनीहरुमा सुधार ल्याउन पहल गर्नु सबैको दायित्व भएको बताईन्   जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार केदारनाथ शर्मा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार हरिओमशर्मा लामिछाने, कारागारका निमित्त जेलर हरिकृष्ण शर्माले पनि थुनामा रहेकाहरुको मनमा उत्पन्न हुने नैरास्यतालाई हटाउन रेडियो सारथी रहेको बताँदै प्रतिष्ठानले गरेको कामको प्रशंसा गरे

 

प्रतिष्ठानकी प्रथम उपाध्यक्ष पूजा कार्की शर्माले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव सन्तोष सुवेदीले गरेका थिए कार्यक्रम प्रतिष्ठानका अध्यक्ष दीपक गदालको अध्यक्षतामा सम्पन्न भएको थियो

 

लोकदोहोरी प्रतिष्ठानको केन्द्रिय परिपत्र अनुसार नै प्रतिष्ठान स्थापना भएका सबै जिल्लाहरुमा बिभिन्न कार्यक्रमहरु बिहीबार नै सम्पन्न भएका छन् प्रतिष्ठानको केन्द्रिय समितिले हरेक बर्ष फागुन २९ गतेलाई लोक दाहोरी दिवसको रुपमा मनाउने निर्णय समेत गरेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)