Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1367




कोरोना भाइरस : पर्वतमा छैन पूर्वसतर्कता
कोरोना भाइरस : पर्वतमा छैन पूर्वसतर्कता

माया अधिकारी, पर्वत ।  कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न पर्वतमा अहिलेसम्म ठोस रूपमा पूर्वसतर्कता र सुरक्षाका काम हुन सकेका छैनन्। एक साताअघि बसेको सर्वपक्षीय बैठकले तत्काल पाँच शैय्याको आइसोलेसन वार्ड सञ्चालन गर्ने निर्णय गरे पनि अहिलेसम्म बन्न सकेको छैन।

 

जिल्ला अस्पतालमा भवनको अभाव हुँदा आइसोलेसन वार्ड बनाउन नसकिएको हो। शंकास्पद बिरामीहरूको परीक्षण गर्ने आवश्यक औजार तथा उपकरणसमेत नभएको अस्पतालले जनाएको छ। मौसमसमेत परिवर्तन हुने समय भएकाले पर्वतमा कोरोनाका जस्तै लक्षण देखिएका बिरामी प्रशस्त आउने गरेका छन्। जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा। शिशिर देवकोटाका अनुसार दैनिक १ सय ३० को हाराहारीमा सिजनल फ्लूका बिरामी आउने गरेका छन्।

 

तीमध्ये अधिकांशमा कडा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या भएका बिरामी पनि आउँछन्। उनले भने, ‘उनीहरूलाई कोरोनाको दृष्टिकोणले परीक्षण गर्न सकिएको छैन। शंकास्पद बिरामीलाई परीक्षण गर्दा लगाउनुपर्ने एप्रोन ९लुगा० नहुँदा परीक्षण गर्न नसकिएको उनको भनाइ छ। पछिल्लो समय जिल्ला अस्पतालमा रुघाखोकी, ज्वरो लगायतका बिरामीको संख्या अत्यधिक मात्रामा बढेको अस्पतालले जनाएको छ।

 

आवश्यक तयारी नहुँदा चिकित्सक नै बढी जोखिममा परेको डा। देवकोटाले बताए। प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले कोरोनाको सतर्कताका लागि आवश्यक सामग्री प्रदेश सरकारबाट माग गरिएको बताइन्। उनले चिकित्सकका लागि आवश्यक सामग्री र आइसोलेसन वार्डका लागि चाहिने सामग्री लिखित रूपमा प्रदेश सरकारसँग माग गरिएकाले केही दिनमा आइपुग्ने बताइन्। उनका अनुसार कोरोनाको लक्षण देखिएका बिरामीलाई आइसोलेसन वार्डमा राखेर परीक्षण गर्न एक÷दुई दिन लाग्नेछ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)