Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1277




कांग्रेसद्वारा आज पनि गण्डकी प्रदेशसभा बैठक अवरोध
कांग्रेसद्वारा आज पनि गण्डकी प्रदेशसभा बैठक अवरोध

फागुन ३०, पर्वत । निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एकलौटी निर्णय गरेको भन्दै विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध गरेको छ ।

 

शुक्रबार बिहान ११ बजे राखिएको बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।  कांग्रेस सांसदले अवरोध कायम राखेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन् । बुधबारको बैठकमा राखिएका एजेण्डालाई लिएर संसद् अवरुद्ध गर्न बाध्य भएको कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले बताउनु भयो ।  उनले आफ्ना माग सम्बोधन नहुँदासम्म कांग्रेसले संसद् अवरुद्ध जारी राख्ने बताए।

 

आफूहरुका माग सम्बोधन नभए प्रदेश सरकारले बजेट ल्याउने बेलासम्म संसद् अवरुद्ध हुने उनको भनाइ छ। कांग्रेस सांसदहरुले यसअघि बिहीबार र बुधबारको बैठकपछि अवरुद्ध गरेका थिए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)