Correspondent, ParbatNepal
6 years ago
1281
फागुन ३०, पर्वत । पश्चिमी वायुको प्रभावका कारण देशभर
तीन दिनसम्म मौसम बदली हुने र मेघगर्जनसहित असिना–पानी पर्ने तथा चट्याङ पर्नसक्ने
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आगामी आइतबार बिहानसम्म यसको प्रभाव रहने पनि
महाशाखाले जनाएको छ ।
हिउँद सकिएर हल्का गर्मी बढ्न सुरु गरेकोमा शुक्रबारदेखि
पुनः मौसममा बदली आएर चिसो बढाएको छ । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर
बिहानैदेखि सामान्य हावाहुरीसहित पानी परेको छ ।बंगालको खाडी र अरबको सागरबाट उठेको
जलवाष्पीकरण नेपाल आइपुगेपछि मौसममा फेरबदल आएको हो ।
शुक्रबार देशका हिमाली तथा मध्य पहाडी भू–भागमा हल्का हिमपात र पानी परेपनि शनिबार र आइतबार बिहानसम्म मेघगर्जन, चट्याङ र असिना–पानीको सम्भावना बलियो रहेको महाशाखाको भनाइ छ । जलवायु परिवर्तनकै कारण धनजनको क्षति हुँदै आएपनि यसमा तीनै तहका सरकारले मौसममा बदलीको सूचना संयन्त्र बलियो पार्न आवश्यक रहेको जलवायु तथा वातावरणविज्ञ डा। धरमराज उप्रेती बताउँछन् । यसै पनि अब मौसम परिवर्तनमा हावाहुरी र असिना–पानीको सम्भावना रहन्छ । त्यसैले सर्वसाधारणले सचेत बन्नु जरुरी छ ।
