Correspondent, ParbatNepal
6 years ago
1395
शिला पाण्डे ,पर्बत । पर्वतको
फलेवास नगरपालिका– ११ पाङराङमा रुखबाट लडेर एक जना घाईते भएका छन् । फागुन १५ गते घाँस काट्न रुखमा चडेका नेपाली रुखवाट लडेर टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ । उनी अहिले पोखरा स्थित मणिपाल शिक्षण अस्पताल आइसियुमा छन् । शरिरको विभिन्न भागमा गहिरो चोट देखिएपछि पर्बत जिल्ला अस्पतालले उनलाई थप उपचारको लागि पोखरा रिफर गरेको थियो ।
आर्थिक अवस्था नाजुक रहेका नेपालीको उपचारमा समस्या भएको परिवार स्रोतले जनाएको छ । गाउँमा सामान्य ज्याला मजदुर गदै आएका नेपाली अहिले अस्पतालको शैयावाट जीवन बचाइदिन अपिल गरिरहेका छन् । घरको आथिक अवस्था नाजुक भएका कारण उनको उपचारमा समस्या भएको भाई सुर्य नेपालीले पर्वत नेपाललाई जानकारी दिए ।
‘घरको आर्थिक अवस्था नाजुक छ,सुर्यले भने, ‘म सँग भएको पैसा सवै सकियो, दाईलाई घर लैजान पनि सकेको छैन, अस्पतालमा राख्ने पैसा पनि छैन ।,’ साथै उनले आर्थिक सहयोग उपलव्ध गराईदिन सवैलाइृ आग्रह गरे । उनलाई सहयोग गर्न चाहाने महानुभावहरुले मो. 9808493118 सम्पर्क गरिदिन हार्दिक अनुरोध गर्दछौँ ।
