Correspondent, ParbatNepal
6 years ago
1312
चैत्र १, पवत । धौलागिरि
बहुमुखी क्याम्पस बागलुङमा प्रविधिमैत्री पुस्तकालय भवन निर्माणको शुरू गरिएको छ ।
साविकाको धौलागिरि अञ्चलकै एक मात्र आंगिक क्याम्पस समेत रहेको यो क्याम्पसमा
प्रविधिमैत्री पुस्तकालय भवन निर्माणको बिहीवार प्रतिनिधिसभा सदस्य डा। सूर्य
पाठकले शिलान्यास गरे ।
संघीय सांसद पाठकले सांसद
विकास कोषबाट प्राप्त ५० लाख रुपैयाँ लागतमा पुस्तकालय भवनको निर्माण थालिएको हो ।
यो आर्थिक वर्षमा पुस्तकालयको एक तलाको काम हुने भए पनि सम्पूर्ण संरचना निर्माणका
लागि १ करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान रहेको पुस्तकालय निर्माणको जिम्मा पाएको
माछापुच्छ्रे निर्माण सेवाले बताएको छ ।
क्याम्पसका अनुसार
पुस्तकालयमा प्राविधिक सहयोग गैरआवासीय नेपाली संघ ९एनआरएन०ले गर्ने भएको छ ।
यस्तै स्थानीय व्यवस्थापकको रूपमा प्राविधिक सहकार्य बागलुङ नगरपालिकाले गरेको छ ।
नयाँ पुस्तकालयको एकतले भवन २०७७ असार मसान्तसम्ममा सम्पन्न गरिने माछापुच्छ«े निर्माण सेवाले
बताएको छ ।
नयाँ भवन अपांगतामैत्री र
पूर्ण प्रविधिमैत्री बन्ने धौलागिरि बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख
डा। रामप्रसाद उपाध्यायले जानकारी दिए । क्याम्पस प्रमुख उपाध्यायले पुरानो
पुस्तकालय सञ्चालनमा रहे पनि हालको आवश्यकता अनुसार प्रविधिमैत्री पुस्तकालय
निर्माण गर्न लागिएको बताए । उनले नयाँ पुस्तकालयमा पठनयोग्य सामग्री
सफ्टवेयरमार्फत कम्प्युटरमा रहने र विद्यार्थीले कम्प्युटरबाटै अध्ययन गर्न मिल्ने
बताए ।
क्याम्पसमा हाल शिक्षा, मानविकी, वाणिज्य, विज्ञान संकायमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन भइरहेको छ । इन्जिनीयरिङ तथा वन विज्ञान अध्यापनोे तयारी समेत अघि बढाइएको क्याम्पसले बताएको छ । भवन शिलान्यास कार्यक्रममा सांसद पाठकले अहिले शिक्षाकै लागि नेपालबाट अर्बौं रकम देश बाहिर जाने गरेको भन्दै त्यसलाई रोक्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने औंल्याए ।
