Correspondent, ParbatNepal
6 years ago
1245
चैत्र १, पर्वत ।
मध्यपहाडी लोकमार्गको पर्वत खण्डअन्तर्गत कुश्मा बजार क्षेत्रमा सडक चार लेन
बनाउने काम शुरू भएको छ । लामो समयसम्म बजार क्षेत्रमा विस्तारको काम रोकिए पनि गत
हप्तादेखि सो सडकखण्ड ओगटेर बनाइएका घर, टहरा भत्काई नाली
निर्माण गर्न थालिएको हो । उक्त खण्डमा सडकको १५र१५ मीटर दायाँबायाँ नाली निर्माण
गर्न लागिएको हो ।
कुश्मा नगरपालिका–७, खरेहादेखि वडा नं
४ चिलाउनी चौतारासम्म सडक विस्तार शुरू गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतले बताएको छ
। कार्यालय प्रमुख आशिष थापामगरले १ महीनामा नाली निर्माणको काम सकिने बताए ।
जिल्लाको सदरमुकाम समेत रहेको कुश्मा बजार क्षेत्रमा रहेको सडकलाई चार लेनमा
स्तरोन्नति गर्न लागिएको उनको भनाइ छ । मध्यपहाडी राजमार्गअन्तर्गत पर्वतमा पर्ने
२४ किलोमिटर सडकमध्ये कुश्माबजार र पातीचौरमा ४ लेन बनाइनेछ भने अन्य खण्डमा २
लेनको बनाइनेछ । बजार क्षेत्रभन्दा बाहिरको मालढुंगा–छमर्के खण्डमा ५
किलोमिटर कालोपत्र गरिसकिएको छ ।
डिमुवादेखि नयाँपुल खण्डको ३ किलोमिटर क्षेत्र र पातीचौरदेखि खरेहासम्मको खण्डमा कालोपत्रको काम अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख थापामगरले जानकारी दिए । उनका अनुसार चुवाको भीर र महभीरमा कडा चट्टान भएकाले बम विष्फोट गराएर ट्र्याक खोल्नुपर्ने स्थिति छ । प्रतिकूल मौसमका कारण काम विगत ६ महीनादेखि कालोपत्रको काम सहज रूपमा हुन सकेको छैन । पर्वत खण्डको निर्माण जिम्मा लामा कन्स्ट्रक्शन प्रालिले पाएको छ । सम्झौताअनुसार कन्स्ट्रक्शनले २०७७ भदौसम्म सडक कालोपत्र गरेर आयोजनालाई हस्तान्तरण गर्नुपर्नेछ ।
